दमकमा स्वास्थ्य केन्द्रको सेवा शुभारम्भ I

दमक

झापाको दमक–१५ मा नगर स्वास्थ्य केन्द्रको सेवा शुभारम्भ भएको छ । दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले हिजो सेवाको शुभारम्भ गर्दै स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा दिन केन्द्र स्थापना गरिएको बताए ।

सो अवसरमा स्वास्थ्य चौकी दमकका प्रमुख दुर्गादत्त गुरुङ, लाइफलाइन अस्पताल दमकका अध्यक्ष बालचन्द्र सुब्बा, केन्द्र सञ्चालक समितिका सदस्य सोमराज तामाङलगायतले स्थानीय क्षेत्रको स्वास्थ्य सेवा दिन केन्द्रको स्थापनाले ठूलो सहयोग मिल्ने उल्लेख गरे ।

केन्द्रले स्वास्थ्य परामर्श, परिवार नियोजनका साधनको वितरण, प्राथमिक स्वास्थ्य सेवा दिने सो अवसरमा जानकारी गराएको थियो । केन्द्र स्थापनापछि १४, १६ र १७ वडाका बासिन्दा लाभान्वित हुनेछन् । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com