क्यापिटल हिल दिपावलीमा अमेरिका नेपाल सोसाइटीको सहभागिता I

मंगसिर ५ ,भर्जिनिया ,

विजय थापा : वाशिंगटन डिसीको संसद भवन क्यापिटल हिलमा भारतीय अमेरिकनहरुको पहल तथा युएस कंग्रेसनल ककस भारत तथा श्री शिव बिष्णु मन्दिरको पहलमा दिपावली भव्यताको साथ मनाईएको छ ।

र , उक्त कार्यक्रममा अमेरिकाको नेपालीहरुको सबै भन्दा जेष्ठ सामाजिक संस्था अमेरिका नेपाल सोसाईटीको तर्फबाट वर्तमान सभापति जीवन तिवारीले सहभागीता जनाएका छन् ।

तिवारीले भने उक्त कार्यक्रममा डेमोक्राटिक तथा रिपब्लिकनका प्रतिनिधिहरुले दिपावलीको चर्चाको साथै मोदीले गरेको सम्बोधन र उनले गरेको उत्प्रेरणा प्रति अमेरिकन संसदहरु ज्यादै प्रभावित भएको चर्चा गरेका थिए ।

उनले थप अगाडी भने कार्यक्रमको सुरुवात पण्डितहरुले श्लोक वाचन गरि गरेका थिए भने सांसदहरुलाई फुलको मालाको साथमा रंगी बिरंगी दोसला ओडाएर दिप बाल्न लगाईएको जानकारी गराए ।

अमेरिका नेपाल समाजको तर्फबाट आफु सहभागी हुन् पाउदा हर्ष लागेको भन्दै क्यापिटल हिलमा सभासद , सिनेट तथा राज्य बिभागका महत्व पूर्ण व्यक्तिहरुसंग संस्थाको बारेमा चर्चा पनि गरेको जनाएका छन् ।

क्यापिटल हिलमा भारतीय अमेरिकनहरुको पहलमा दोश्रो पटक दिपावली मनाईएको सभापति जीवन तिवारीले बताए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com