गीत : प्रीत्: _ गोपाल प्रधान


गीत : प्रीत्: _ गोपाल प्रधान

जीवनको प्रीत,मान्छेको मनको अन्धकारमा उदय हुने प्रदीप् हो।
मिलनको रीत्,जीवनको अनौठो उपहारमा हृदय छुने आकृति हो।

मेरो माया तिमीलाई पुग्दैंन भने,
 तिम्रो माया मलाई रोक्दैन भने,
कल्पनामा यो आई दिन्छ,
यादसग्ं प्रीत बाँची दिन्छ।

शुभकामना मेरो जिन्दगीमा आई दिनेलाई,
शुभकामना मेरो जिन्दगीमा छाई दिनेलाई।

मायाको चिनारी,बिहानको उजयालोमा भविष्यको अध्याय हो।
 मायाको चौंतारी,आँगनको फूलबारीमा मुस्कानको परिचय हो ।

मेरो मायाले तिमीलाई सताउदैन भने,
 तिम्रो मायाले मलाई बिझाउँदैन भने।
सम्झनामा यो पाई दिन्छ,
जीवनमा यो रमाई दिन्छ।

शुभकामना मेरो,धरती अ्म्बर् देखाउनेलाई,
 शुभकामना मीठो,माया ममता बर्साउनेलाई

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com