विदेशको कमाई बिदेशमै खान र लाउन मात्र ठिक्क श्रमिक भन्छन मेनपावरले नराम्ररी ठगे I

मलेसिया ३ मंसीर,

निम्कानत कान्त : मलेसियाको मेलाखा सहर स्थित मिन्त्ये इन्डुस्ट्रीएल एंड मिन्त्ये मेटल  कम्पनीमा कार्यरत नेपालीहरुले आफुहरुलाई नेपालबाट मेनपावरका एजेन्टले फसाएको आरोप लागाएका छन।

पठाउनु भन्दा निकै राम्रो काम भनेको ९५० सेलेरी र ओभर टाईम पाईने भनेकोमा आफुहरुले सुक्का ७५० भन्दा बढी तलब बुझ्न नसकेर तेसैमा ५० रुमको काट्छ भने १०० लेभीको कटाउने बताउछन। काठमाडौँको नया बानेश्वरमा रहेको PHALI OVERSEAS PVT LTD र  OXFORD HUMAN RESURCE PVT LTD बाट मलेसिया पुगेका लगभग २५० जना नेपाली अब रित्तोहात नेपाल फर्कनु पर्ने बाध्य रहेको कम्पनीमा कार्यरत नेपाली श्रमिक बताउछन। १ लाख ४० हजार देखि १ लाख ८०  हजार बुझाएर मलेसिया पुगेर १५ हजार नेपाली समेत कमाउन नसकेको दुखेसो पोखेका छन।

डिस ब्रेक बनाउने ठुलो कम्पनी भएता पनि ओभर टाईम खासै नचलेका कारण तलबले मात्र खान भन्दा नपुगे कामदारको भनाई छ। चाडै नै अन्य नेपालीहरु पनि यसै कम्पनीमा आउनेहल्ला सुनेका कारण मजदुर अनलाईनमा मेसेज गरी आउनु भन्दा पहिले राम्ररि बुज्न सल्लाहा दिएका छन।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com