ब्लड क्यान्सर पीडित भुवनलाई सामाजीक संजालबाट २१ लाख सहयोग I

तेल अभिव (इज़रायल) कात्रिक ३०,

 “धन्यवाद ज्ञापन”

मिलन जी.एम. : गत वर्ष रोल्पा जिल्ला राङसी गा.बि.स. वडा नं ३ रिमुल निवासी ११ बर्सिय बालक भुवन घर्तीमगर लाई ब्लड क्यान्सर भएको र घरको आर्थिक स्थिति कम्जोर भएको कारण बालक भुवन घर्तीमगरको उपचार को लागी हामीले सामाजिक संजाल फेसबुक बाट “भुवन बचाउँ अभियान सुरु गरेका थियौं । र, संसारै भरि छरिएर रहनुभएका सहयोगी मनहरुले आफ्नो सहयोगी हात बढाउनु भएको छ । 

भुवन बचाउँ अभियानमा साथ दिनुहुने हाम्रा सम्पूर्ण फेसबुक साथीहरु, आफन्तजनहरु, अग्रजहरु, विभिन्न संघ सस्थाहरु, संघका पधादिकारी ज्यु हरु, विभिन्न पेज एडमिन ज्यु हरु.र विभिन्न मिडियाहरु यहाँहरुको साथ-समर्थन र सहयोगी हातहरुले गर्दा आज भुवन बचाउँ अभियान अन्तर्गत सहयोग संकलन अभियानले पूर्णता पाएकोछ । जात जति, भाषा, धर्म, राजनैतिक आस्था र भौगोलिक परिबेस भन्दा माथि उठेर बिल्कुलै सोच्छ भावनाले , एउटा मानबिय नाताले उत्साहपुर्बक जुन सहयोग पुराउनु भयो । 

हामीले जतिसुकै धन्यवाद दिएपनि त्यो अपूर्ण हुनेछ । हजुरहरुको सहयोगी हातहरु र आशिर्बादले गर्दा डाक्टरको रिपोर्ट अनुसार बाबु भुवनको ब्लड र बोनम्यारो रिपोर्टमा (blood cancer) 0% मा झरिसकेकोछ । अझै पनि cancer फर्किन सक्ने भएको हुनाले लगातार पाँच वर्ष सम्म औषधि खाईरहनु पर्ने र डाक्टरको सल्लाह अनुसार नियमित चेकअप गरिरहनुपर्ने भएको छ र अहिले डाक्टर कै सल्लाह अनुसार बाबु भुवन स्कुल जानथालिसकेको छ । 

आशा गरौँ समय संगै सबै ठिक हुनेछ । सहयोगराशी र सहयोग संकलन कर्ताहरु यसप्रकार हुनुहुन्छ. ..
नेपाल बाट किरण बुढा मगरको पहलमा पहिलो चरणमा ४७,००० रुपैया । दोस्रो चरणमा १०,००० रुपैया जापान बाट 

१) जन सम्पर्क समिति जापानका केन्द्रीयसदस्य रेशमकुमार डंगोल को पहल मा १,००,००० रुपैया 
२ नेपाल मगरसंघ जापानको मातहतमा Abishar BM र उहाका साथीहरु को पहलमा ४५,०९० रुपैया 

uk बाट ओम रोकामगर को पहलमा पहिलो चरणमा ६३,६०० रुपैया 
दोस्रो चरणमा ६,००० रुपैया
 hong kong बाट 
मीरा पुर्जा पुनमगर को पहलमा 59,150 रुपैया 
साउथ कोरियाबाट 
जनसम्पर्क समिति साउथ कोरियाको पहलमा ७७,००० रुपैया 
इजरायल बाट 
जमुना घिमिरे, संगीता तिमिल्सिना र रिता चौरेल को पहलमा २७,४०० रुपैया 
कुवेत बाट 
तिर्थ पुर्जा पुन मगरको पहलमा १४,००० रुपैया 
साउदी अरब को 
१. जेद्दा बाट 
१ भीमप्रकाश डाँगीको पहलमा ७३,९१५ रुपैया 
२ बिमल खत्री. बम बहादुर बाँठा मगर र मन बहादुर ओली को पहलमा ३८,६६१ रुपैया रियाद बाट 
२. जीवराज घर्तीमगर, (म) मिलन जी.एम र गणेश बहादुरको पहलमा १,२८,६१४ रुपैया
 ३. रियाद जदिद सनैया बाट जगत मगर(jb asafal),भक्त डाँगी,अजय आर मगर गोविन्द रोका,लब्ली मगर र दिपक दर्लामी को पहलमा १,०१,३६८ रुपैया
४. दम्माम बाट देब बस्नेत र यम के.सी को पहलमा ५५,६०० रुपैया 
अल- कासिम बाट 
५. गणेश घर्तिमगर र सरोज नेपाल को पहल मा ५५,४४५ रुपैया
 ६. जुबेल बाट होम के.सी., बिकाश परियार, नयन ओली र कर्ण के.सी. को पहलमा ६०,०४४ रुपैया 
७ पछिल्लो चरणमा दम्माम बाट भिम मगर र बसन्ती बि.एम.,रियाद जदिद सनैया बाट रबिन्द्र घर्तीमगर र लीलाराम ओली, रियाद ext 23 बाट टेक श्रेष्ठ र (म) मिलन जी.एम. को पहलमा एक्मुस्त ७०,३९० रुपैया 
८ भिम मगर र लीलाराम डी.सी. को पहलमा ६०,५९३ रुपैया
(साउदीअरब बाट टोटल ६,१७,६३० रुपैया)
कतार बाट 
१ शोभाराम ओली को पहल मा ६६,००० रुपैया 
२ दिपेन्द्र डी.सी को पहल मा 34081रुपैया 
३ नबिन बाँथा मगर, क्षितिजओली (harjok oli) र आर्यन पुन मगर को पहल मा 52,875 रुपैया 
४ हुकुम डाँगी ,पर्शुराम ओली र सिद्धपुजे परोपकारी समाज सेवा संस्था का मेम्बर हरुको पहल मा 2,04,150 
५ . दाङ–देउखुरी प्रवासी सेवा समाज दोहा कतार को पहलमा 75,000 गरि (कतार बाट टोटल ४,३२,१०६ रुपैया) दुबई (uae) बाट 
१ भुवन काफ्ले, दुर्गा घर्तीमगर, हरि ब.श्रेष्ठ, मान ब.बहादुर बि.क, कविराज पौडेल, चित्र के.सी, बाबुराम खवास,पुरुषोत्तम दुलाल, लिल ब. घर्तीमगर, आइतराम नेपाली,गोपाल, तेजबहादुर, विष्णुप्रसाद अमर, सन्तोस र खर्क मगरको पहलमा २,५३,२६९ रुपैया 
२ कैलाश पुन मगर र राम मगरको पहलमा ३७,१२३ रुपैया 
३ नेपाली जनसम्पर्क समिति युएईको पहलमा १,५६,४२९ रुपैया 
४ बिरेन सुब्बाको पहलमा रु १२,१०३ रुपैया 
५ जनजाती महासंघ यु.ए.इ र मगर संघ यु.ए.इ कि अध्यक्ष सुसी पुलामी घर्तीमगर को पहलमा ८५,१३१ रुपैया
६ मगर संघ युएई (हस्तराज दर्लामी मगर) को पहलमा ६४,८१५ रुपैया 
७ भक्त मगर र उहाका साथीहरुको पहलमा 46,000 रुपैया 
८ भुजेल सेवा समाज uae 300 DHS 
९ रुपन्देही सेवा समाज uae 300 DHS

(दुबई (uae) बाट 
टोटल ६,५४,८७० रुपैया ) 
सबै देस बाट जम्मा = २१,५३,८४६ रुपैया सहयोग संकलन गर्नुहुने यहाँहरु सम्पूर्ण र आफ्नो सहयोगी हात बढाईदिनुहुने संसारै भरि छरिएर रहनुभएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनी हरुमा हाम्रो स-परिवारको को तर्फ बात हिर्दयदेखि धन्नेबाद ज्ञापन गर्दछौ ।
 सुख ले खान पुगोस 
खुसीले दिन पुगोस 
आमा: मनीषा घर्तीमगर 
बुवा: खर्क घर्तीमगर 
ठुलो बुवा: मिलन जी.एम. (घर्तीमगर)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com