गजल By, पोष कुमार राई


गजल By, पोष कुमार राई

यो निर्दयी शहर देखी अचम्मित छु अचेल
मान्छेमा छैन मानवता र चिन्तित छु अचेल

दिन- प्रति दिन यस्तो अखबार छापिन्छन्
छोरी भन्छिन् बा बाटै बलात्‍कृत छु अचेल

भए पछी यी कोपिलामै फूलको बलात्कार
साच्चै स्वच्छ छुइन म हेर दुषित छु अचेल

लेख्छु अझै कलम उठाउछु हेर्नु होला तपाई
जब आफ्नै बाट यहाँ सधै पीडीत छु अचेल

यति धेरै अन्याय र अत्याचार हुँदा म माथी
कैयौ पटक मर्दै देखावटी जिवित छु अचेल

  पोष कुमार राई

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com