अब पानीभित्र आलु फलाउन सकिने I

ललितपुर, ९ मङ्सिर,

राष्ट्रिय आलु बाली अनुसन्धान कार्यालयले पानीभित्र आलु फलाउन सक्ने नयाँ परीक्षणको सफलतासँगै डढुवा रोग नलाग्ने आलु विकसित गरेको छ । 

राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रम खुमलटारले आज आलुबालीको डढुवा रोग र अनुसन्धानको उपलब्धि विषयक अन्तक्रिर्यामा पानीभित्र आलु फलाउन सक्ने नयाँ परीक्षणसँगै डढुवा रोग नलाग्ने आलुको बीउ विकास गरेको बताउनुभयो । 

अनुसन्धान कार्यक्रमका संयोजक डा वुद्ध्रि्रकाश शर्माका अनुसार हरेक वर्षकृषकलाई आलुमा लागेको डढुवा रोगले सताउने गरेकोमा डढुवा रोगबाट बच्नका लागि डढुवा नलाग्ने आलुको बीउ विकास गरेको हो । शर्माका अनुसार डढुवा नलाग्ने र पानीमा फलाउन सक्ने आलु विकास गरिसकेको भए पनि परीक्षणपछि मात्र कृषकसम्म पठाउने कार्यक्रम रहेको छ । 

डढुवा रोगको नियन्त्रणले किसानलाई फाइदा पुग्ने भए पनि पानीभित्र फलाउने आलु लगाउनका लागि सबै कृषकका लागि सम्भव हुनेछैन, यो प्रविधि अलि महँगो छ । अहिले चिसोको मौसम भएकाले आलुमा बढीमात्रामा डढुवा रोग लाग्ने गरेको छ । डढुवा रोगबाट आलुलाई बचाउनका लागि बादल लाग्नेबित्तिकै आलुको बिरुवामा औषधि राख्नुपर्ने आलु विज्ञले सल्लाह दिएका छन् । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com