बाबुलाई चिर्पटले मरणासन्न गरि कुट्ने छोरा पक्राउ I

कञ्चनपुर, १४ मङ्सिर,

आफ्नै बाबुलाई काठको चिर्पटले हिर्काएर मरणासन्न अवस्थामा पुर्‍याउने कञ्चनपुरको पिपलाडी-६ का दीपक चौधरीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अंश विवादमा चौधरीले आफ्ना बाबु ६८ वषर्ीय कल्लु चौधरीलाई काठको चिर्पटले हिर्काएका थिए ।

टाउकोमा लागेको गम्भीर चोटका कारण कल्लुको स्वास्थ्य स्थिति चिन्ताजनक बनेको छ । कल्लुलाई उपचारका लागि कैलालीको सेती अञ्चल अस्पतालमा लगिएको छ । दीपकलाई पक्राउ गरी हिरासतमा राखेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालबहादुर ऐरले बताउनुभयो । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com