सुकुम्बासी द्वारा कञ्चनपुरमा चक्काजाम I

कञ्चनपुर, २७ कात्तिक ,

भूमिहीन अव्यवस्थित सुकुम्बासी सङ्र्घष्ा समितिको आहृवानमा आज को कृष्णपुर-२ बाणिमा चक्काजाम गरिएको छ ।

शान्तिपर्ूण्ा रुपमा र्‍याली पर््रदर्शन गरिरहेका बेला प्रहरीले लाठी प्रहार दमन गरेको भन्दै सङ्र्घष्ा समितिले चक्काजाम कार्यक्रमको आयोजना गरेको हो ।
RP-Kanchanpur-Rally
बिहान १० देखि २ बजेसम्मका लागि विरोधस्वरुप चक्काजाम गरिएको सङ्र्घष्ा समितिका सचिव रामनाथ योगीले बताउनुभयो । राजमार्गमा सङ्र्घष्ा समितिका कार्यकर्ताहरुले यातायातका साधन सञ्चालन हुन नदिएपछि लामो र छोटो दूरीका सवारी साधन सडकमै लाम लागेका छन् ।

बुधबार सुकुम्बासी आयोगले निर्धारण गरेको कार्यादेश खारेजीको माग गर्दै हिँडेका सङ्र्घष्ा समितिका कार्यकर्ताहरुले आयोगका कार्यालयका फायल च्यात्ने कार्य गरेको भन्दै प्रहरीले लाठी प्रहार गरेको थियो । यो घटनामा आधा दर्जन कार्यकर्ता घाइते भएका थिए । तीनजनालाई प्रहरीले नियन्त्रणमा लिई राति १० बजेपछि छाडेको थियो । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com