आलु चिप्स लागुऔषध जत्तिकै खतरनाक !

 कार्तिक १५,

चिप्स धेरै मानिसको प्रिय खाना हो । तर, डाक्टर र विज्ञले यसले दीर्घकालिन रुपमा स्वास्थ्यलाई असर पार्ने चेतावनी दिएका छन् । हालै गरिएको एक अध्ययनले दुव्र्यसनजस्तै महसुस गराउने भएकाले चिप्स लागुऔषधजस्तै खतरनाक हुने पत्ता लगाएको छ ।

अध्ययनका अनुसार एक तिहाई बेलायती र अमेरिकी बच्चाहरुले दैनिक चिप्स खान्छन् । एक अनुमानअनुसार एउटा व्यक्तिले वर्षमा करिब १०० पोका चिप्स खान्छ । तर, विज्ञले एक पोका चिप्स खाँदा पाँच लिटर खाना पकाउने तेल पिए बराबर असर पर्ने बताएका छन् ।

‘साल्ट, सुगर, फ्याट : हाउ द फुड जियान्ट्स हुक्ड अस’ नामक पुस्तकमा माइकल मोसले कसरी चिप्स दुव्र्यसन फैलाउने तरिकाले डिजाइन गरिएका छन् भन्ने व्याख्या गरेका छन् । मुखमा स्वाद बसाउने तरिकाले चिप्स बनाइएका हुन्छन् । चिप्सले मुखको पछाडि रहेको केन्द्रमार्फत् दिमागमा सन्देश पु¥याउँछ, यसका लागि चिप्समा चिल्लो पदार्थ हुनु आवश्यक हुन्छ ।

यसपछि दिमागले नुनिलो र स्वादिलो खाना खोज्छ । यहीकारण आलु चिप्स खाने मानिसले अझ बढी चिप्स खान खोज्छ । माइकल मोस भन्छन्, ‘महिनामा दुईपटक चिप्स खानु हुन्छ, त्यही पनि थोरै मात्रामा । तर, बढी चिप्स खानाले यसले गर्भवतीलाई धूमपान गरेजत्तिकै असर गर्छ । एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com