कविता '' कहाँ गरौ हस्ताक्षर ? ''


कविता '' कहाँ गरौ हस्ताक्षर ? ''

भन देखाउ कहाँ गर्नु छ? 
हस्ताक्षर हामीले 
अखण्डता र अभिभाज्य 
राष्ट्रको लागि 
तिमीले भनेको ठाउँमा 
हस्ताक्षर गर्न तयार छौं हामी।  

मलाई खन्डित गर 
हामीलाई खन्डित गर 
तिम्रा तरवारहरुले तर 
मेरा हिमाल पहाड र तराइमा 
नचलाऊ तिम्रा दुषित कलमहरु 
संघियता र धर्म निरपेक्षताको निहुमा 
मागेका छैनौ अझै 
हामीले हाम्रा नामका राज्यहरु  
त्यसैले बन्द गर 
तिम्रा बर्गिय राजनिती,

भन देखाउ कहाँ गर्नु छ? 
हस्ताक्षर हामीले  
गोर्खाली रगतले कोरिएका 
सिमारेखाहरुमा हामी  
सिपाही बनेर उभिन तयार छौ 
तर मेची कोशी बागमतीले 
छुट्याएका भू भागहरुमा 
बैमनश्यताको पर्खाल ठड्याउनु छैन हामीलाई,,
बुद्ध र जनकका नामका
हाम्रा सिमानाहरुमा आबस्यक छैन,
बर्ग धर्म र जातिय रेखाहरु कोर्न,
सगरमाथा र धौलागिरी लाई 
होच्याउदै उनैको फेदिमा 
जोताउनु छैन गधाहरुले,

बिरोधका लागि बिरोध सुन्यौ  
इट्टाको जवाफ पत्थर सुन्यौ  
हैन आज यो के सुन्दैछौ ?
हस्ताक्षरका बिरुद्ध हस्ताक्षर,
कस्तो खेल चल्दैछ 
सम्मानित संबिधान सभामा??
कहिले मत पेटिका हराउछन् 
कहिले बाहिर कहिले भित्र कराउछन्
सात र आठमा कुरा मिल्दैन 
एउटा मधेस लाई चिर्यो भने 
छिमेकी गोहिले त निल्दैन?? 

भन देखाउ कहाँ गर्नु छ? 
हस्ताक्षर हामीले? 
थाहा छैन तिमीहरुलाई ?
भाई फुटे गन्वार लुटे,,
किन फुटाउन खोज्दैछौ,,
हामीलाई?? 
श्रीभक्त पौडेल ¨आफन्त¨
स्पेन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com