रौतहटमा फैलियो झाडापखाला I

रौतहट, २९ असोज ,

रौतहटको शीतलपुर वैरनिया गाविसमा फैलिएको झाडापखालाबाट १६ जना प्रभावित भएका छन् ।

हाल उनीहरूको गाउँमा रहेको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । विगत एक सातादेखि फैलिएको झाडापखालाबाट शीतलपुर गाविस–६ वस्ने राजेन्द्रराय यादव, भागवत पण्डित, जीतलाल दासलगायत १६ जना झाडापखालाबाट सिकिस्त भई उपचार गराइरहेका छन् भने हालसम्म सो गाविसमा एक बालकको मृत्यु भइसकेको छ ।

स्थानीय शीतलपुर–५ का रामपुकार यादवको नौ वर्षीय छोरा रामेश्वर यादवको झाडापखालाबाट मृत्यु भसकेको छ भने उनको परिवारका चार जनाको अवस्था गम्भीर रहेको छ ।

स्थानीय शम्भुदास तत्माका अनुसार एक सातादेखि उक्त गाविसका विभिन्न वडामा झाडापखालाको प्रकोप फैलिएकोे छ । तर जिल्ला जनस्वास्थ्य कार्यालयबाट स्वास्थ्य टोली नआउँदा प्रकोप बढ्ने हो की भन्ने आशंका स्थानीयले गरेका छन् । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com