सातौँ विश्व हात धुने दिवस सम्पन्न I

ललितपुर, २९ असोज,

आज सातौँ विश्व हात धुने दिवस ‘हात धोऔँ, रोगबाट बचौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो । 

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र युनिसेफको सहकार्यमा आज यहाँ आयोजना गरिएको चेतनामूलक कार्यक्रममा हजारौँ सर्वसाधारणलाई साबुन पानीले हात धुन सिकाइएको थियो । राम्रोसँग साबुन पानीले हात धोएमा झाडापखाला, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण, नवजात शिशुको मृत्युदर जस्ता समस्याबाट ४० प्रतिशत बच्न सकिने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार विद्यालयमा साबुन पानीको व्यवस्था गरी विद्यार्थीलाई नियमित हात धुने बानी सिकाए ५० प्रतिशत सरुवा रोगबाट बचाउन सकिन्छ । जावलाखेल चोकमा भएको उक्त कार्यक्रममा साबुन पानीले विभिन्न छ चरणमा हात धुन सिकाइएको थियो । सोही अवसरमा जावलाखेल चोकबाट सातदोबाटोसम्म मोटरसाइकल ¥यालीसमेत निकालिएको थियो । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com