भर्जिनिया आश्विन २६,
विजय थापा : उत्तर अमेरिका कै नेपाली समुदायको सबै भन्दा जेष्ठ संस्था अमेरिका नेपाल सोसाइटी डिसीको अधक्ष्यमा जीवन तिवारी निर्बिरोध निर्वाचित भएका छन् । नेपालको लागि अमेरिकाका पूर्व राजदुत एल्स्वर्थ बंकर प्रथम मानार्थ सभापति रहेको उक्त संस्था बंकर भियतनाम युद्धमा व्यस्त भएको समयमा १९६७ मा वाशिंगटन डिसीमा नेपाली समुदायको लागि स्थापना गरि दिएका हुन् ।
निर्बिरोध निर्वाचित भएका तिवारी नेपाल कास्की घर भै हाल एक दशक देखि अमेरिकाको मनासस सहरमा बसोबास गर्दै आएका छन् । उनले अमेरिका नेपाल समाजको बिभिन्न पदमा काम गरि प्रथम उपाधक्ष्य बाट आफ्नो उम्मेदवारी दिएका हुन् । र ,सात सदस्यीय समितिमा एक महिलाको प्रतिनिधित्व सहित सबै पदका उम्मेदवारहरु निर्बिरोध निर्वाचित भएका छन् ।
निर्बिरोध निर्वाचित भएका तिवारीले बिध्यार्थिहरुलाई समुदाय मार्फत निसुल्क नेपाली भाषा सिकाउने , हाजिरी जवाफ प्रतियोगिता ,छात्रवृद्धि ,खेलकुद ,संबिधानको लेखन समयमा हुनु पर्ने जस्ता महत्वपूर्ण कुराहरुमा आवाज उठाउनुको साथै नेपालको पर्यटन क्षेत्रको विकासको लागी काम गर्ने भनि सार्बजनिक रुपमा प्रतिबद्धता जाहेर गरेका थिए ।
सबै वर्ग लाई समेट्दै नेपाली समुदायलाई स्थापित गर्ने आफ्नो लक्ष्य भएको बताउदै आफ्नो समिति राम्रो भएकोमा खुशी ब्यक्त गर्दै समुदायलाई धन्यबाद दिएका छन् । अक्टोबर १९ तारिखका दिन निर्वाचनको मिति राखिएको भएता पनि निर्बिरोध निर्वाचित भएकोले सोहि दिन हस्तान्तरण कार्यक्रम हुने भएको छ ।
२०१४ -२०१६ सम्मको उक्त समितिमा जीवन तिवारी अधक्ष्य ,चन्द्र बराल ,प्रथम उपाधक्ष्य ,थल बहादुर चन्द ,द्वितीय उपाधक्ष्य ,प्रेम प्रसाद पौडेल ,महा सचिब ,राम भक्त अध्कारी ,सचिब ,यशोधा भण्डारी कोषाधक्ष्य तथा पत्रकार सुजित अर्याल संचार संयोजकमा निर्बिरोध निर्वाचित भएका छन्।