हिमपहिरोमा परि ३३ को मृत्यु I

काठमाडौँ, ५ कात्तिक ,

हालैको हिमपहिरो र हिमपतका कारण मुस्ताङमा २४, म्याग्दीमा पाँच, मनाङमा तीन र कास्कीमा एक गरी ३३ जनाको निधन भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी मृतकमध्ये १७ नेपाली र १६ विदेशी -पोल्यान्डवासी तीन, इजरायली चार, स्लोभाकियाली दुई, भारतीय चार, चिनियाँ जापानी र देश नखुलेको देशका एक एक) रहेको जनाएको छ ।

मन्त्रालयका अनुसार मृतकमध्ये ११ नेपाली र छ विदेशीको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ भने आजै मात्र थोराङ्भन्ज्याङबाट दर्ुइ नेपालीका शव निकाली जोमसोममा राखिएको छ । सो घटनामा परी मृत्यु हुनेको शव आफन्त तथा सम्बन्धित दूतावासमा बुझाउने कार्य जारी छ । घटनामा परी चार क्यानडाली, एक भारतीय र तीन नेपाली हराइरहेको मन्त्रालयले जनाएको छ ।

खोज तथा उद्धारका क्रममा हालसम्म मनाङबाट २६१, मुस्ताङबाट १४६, डोल्पाबाट ७१, गोरखाबाट ३३, कास्कीबाट पाँच र म्याग्दीबाट दर्ुइ पदयात्री पर्यटक र तिनका सहयोगीको जीवितै उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको छ । उद्धारका लागि मनाङ र मुस्ताङका तीनै वटा सुरक्षा निकाय गरी २८० भन्दा बढी सुरक्षाकर्मी र अन्य सरकारी कर्मचारी परिचालन गरिएको छ । उद्धार गरी ल्याइएका घाइतेलाई विभिन्न स्थानमा उपचार गराइएकामा केही स्वास्थ्यलाभ गरी आफ्नो गन्तव्यतर्फगइसकेको तथा घाइतेको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

अचानक आएको हिमपात र त्यसबाट सिर्जित विपद्को सामना गर्न सरकारबाट आवश्यक सबै स्रोत, साधन र जनशक्तिको परिचालन गरी हाल पनि खोज तथा उद्धार जारी रहेको मन्त्रालयका सहायक प्रवक्ता गङ्गाबहादुर क्षेत्रीले प्रेस विज्ञप्तिमार्फ जानकारी दिनुभएको छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com