आफ्नै १५ वर्षीया छोरीमाथि विगत चार वर्षदेखि जवरजस्ती करणी गर्दै आएका ललितपुर चाकुपाटमा अस्थायी बसोबास गदै आएका एक बाबुलाई आज ललितपुर जिल्ला अदालतले २० वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।
पीडित बालिकाको आवश्यक पर्ने स्वास्थ्य तथा मनोवैज्ञानिक परामर्श राज्यबाट निःशुल्क उपलब्ध गराउने पीडितको शैक्षिक अधिकार संरक्षणका लागि राज्यले निःशुल्क उपलब्ध गराउने र प्रतिवादीबाट पछि असुल उपर गर्ने गरी एकमुष्ट रु पाँच लाख राज्यको तर्फबाट क्षतिपूर्ति भराउने फैसलामा उल्लेख भएको जनाइएको छ ।
जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले नावालकको बाँच्न पाउने अधिकार, शिक्षाको अधिकार, सहभागिताको अधिकारको संरक्षण गर्न यस्तो गम्भीर प्रकृतिको मुद्दामा बालअधिकारसम्बन्धी महासन्धि १९८९ र बालबालिकासम्बन्धी ऐन २०४८ समेतको आधारमा उक्त फैसला गरेको अदालतका प्रवक्ता कौशल ज्ञवालीले जानकारी दिनुभयो । चालक रहेका बाबुले विभिन्न समयमा मौका छोपी छोरीलाई त्रास देखाएर जवरजस्ती गरेको पीडितकी आमाले जाहेरीमा उल्लेख गरेकी थिइन । नेपालब्रिटेन :