यमपन्चकको अन्तिम दिन आज भाइटिका दिनभर I

काठमान्डू कार्तिक ८,

नारीदर्पण : यमपन्चकको अन्तिम दिन आज भाइटिका हिन्दु धारमा परम्परा अनुसार दिदी बहिनीहरुले आफ्ना दाजुभाइ हरुलाई दिर्घायुको, सु-स्वास्थ्य , समृद्धिको कामना गर्दै भाइटिका लगाइदै छ । भाइतिकाको उत्तम साइट ११ बजेर ३५ मिनेट जाँदा भए पनि आज दिन्बह्र नै भाइटिका गर्न सकिने नेपाल पंचांग निर्णायक समितिले जनाएको छ ।

दिदी बहिनीले आफ्ना दाजुभाइलाई टिका लगाई दिंदा धार्मिक बिधि अनुसार मण्डप बनाइ अष्ट चिरंजिबिका साथ् यमराज र यमुनाको पूजा गरि त्यसमा कहिल्यै नसुक्ने तेलको घेआ लगाई नओइलाउने मखमली, दुबो र सयपत्री माला लगाई दिएर चिरायुको कामना गर्ने गर्दछन ।

पौराणिक मान्यता अनुसार यमुनाले आफ्नो दाजु यमंराजलाइ यसै दिन सम्मानपूर्वक विशेष पूजा आजाका साथै सप्तरंगी टिका लगाई द्रिघायुको कामना गरेकी हुँदा सहो सम्झनामा आफ्नो माइतिको सु-स्वास्थ्य दिर्घायुको कामना गर्दै दिदीबहिनीले भाइटिका गर्दै आएको प्रचलन चल्दै आएको हो ।
टिकामा साइटका प्रतिक सात वा पांच रंगको प्रयोग गर्नुका साथै दाजुभाइ लाइ सगुन विभिन्न थरिका मिठाइ, ओखर, कटुस , फलफुल , सेरोती, अनर्स , पानमसला जस्ता मिठा मिठा खानेकुरा दिने चलन छ । दाजुभाइले पनि दिदीबहिनीको हात बाट टिका ग्रहण गरेपछि आफ्नो गक्षेअनुसारको उपहार तथा दक्षिणा दिएर उनीहरुको अटल शोभाग्य, शुख, समृद्धि र चिरायुको कामना गर्दछन । 

दिदीबहिनी नहुने दाजुभाइले आज काठमान्डूको रानिपोकरिको बिचमा रहेको यामलेस्वर महादेवको दर्शन गरि टिका लगाउने चलन छ । हरेक बर्ष भाइतिकाकै दिन मात्र सो मन्दिर सर्व साधारणको लागि खुल्ला गरिन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com