घान्द्रुकमा बिहीबार राति एक चिनियाँ पर्यटकको मृत्यु I

फलेवास र्-पर्वत, ३१ असोज,

अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्द्रुकमा बिहीबार राति एक चिनियाँ पर्यटकको मृत्यु भएको छ । अन्नपर्ूण्ा बेसक्याम्प पुगेर फर्केपछि घान्द्रुकको भुराज भन्ने ठाउँमा बास बस्नेक्रममा उनको मृत्युभएको पदयात्राबाट फर्केका बुद्धिमान तामाङले जानकारी दिनुभयो ।

भारतमा आएको हुडहुड आँधीका कारण मौसम परिर्वतन भएपछि अन्नपर्ूण्ा बेसक्याम्प जाने धेरै क्षेत्रमा हिमपहिरो गए पनि अहिलेसम्म कुनै पदयात्री नफसेको उहाँले जानकारी दिनुभयो । एक दिन भने दिनभर पानी परेका कारण पदयात्रा रोक्नु परेको अर्का पदयात्रा पिटर क्षेत्रीले बताउनुभयो ।

अन्नपूर्ण बेसक्याम्पमा पुगेर फर्केका पदयात्री वीरेठाँटी हुँदै पोखरातर्फसुरक्षित रुपमा लागेको उहाँले जानकारी दिनुभयो । अन्नपूर्ण पदयात्रा मार्गमा पदयात्राका लागि जाने पदयात्रीको सङ्ख्या अघिल्लो वर्षो तुलनामा बढेको छ । यसवर्षदैनिक ३०० भन्दा बढी विदेशी पदयात्री र झन्डै १०० जनाको सङ्ख्यामा आन्तरिक पदयात्री वीरेठाँटी हुँदै हिँडेका छन् । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com