युएई शाखाले आयोजना गरेको पत्रकारिता तालीम सम्पन्न I

आश्विन ३१ दुबई,

निमकान्त पाण्डे : नेपाल पत्रकार महासंघ युएई शाखाले ३० आश्विन साझ आयोजना गरेको पत्रकारिता तालीम दुबईमा सम्पन्न भएको छ।

नेपाल देखि आउनु भएका महासंघका केन्द्रिय अध्यक्ष डा.महेन्द्र बिष्ट तथा उपाध्यक्ष खिलबहादुर भण्डारीले फिचर लेखन खोज मुलक समाचार लेखन तथा प्रबासी पत्रकारिता बिषयमा तालिम दिनु भएको थियो।
युएई शाखाका सम्पूर्ण सदस्य सहित पत्रकारिता सम्बन्धि रुची राख्ने युएईमा कार्यरत करिब ६० जना नेपालीहरुले तालिममा सहभागिता जनाएका थिए। महासंघबाट केन्द्रिय अध्यक्ष र उपाध्यक्ष बुधबार युएई आउनु भएको छ भने शाखाको अधिबेशन आज साझ एभरेष्ट होटलमा हुदैछ।  

साखाका अध्यक्ष अर्जुन दाहालको सभापति रहनु भएको कार्यक्रमलाई त्रिलोचन कोईरालाले संचालन गर्नुभएको थियो।

तालीममा सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने युएई बाट संचालन गरिएका मजदूर अनलाईन,द नेपाली भ्वाईस तथा प्रबासी अनलाईनको बारेमा कार्यक्रममा जानकारी गरिएको थियो।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com