भर्जिनिया भाद्र १९,
...श्रब्य दृश्य ....
विजय थापा
अमेरिका भर एएलएस (एमिट्रोफिक लेटेरल इस्कलेरोसिस )मस्तीस्कको स्नायु रोगलाई चेतना जागृत गर्ने उदेश्य तथा मनोरंजनको साथ गरिएको ए एल एस आइस बकेट च्यालेन्ज (बाल्टी बरफ चुनौती ) लाई हाँक दिदै डिसीका एक युवा बिभु शर्माले बाल्टी भर राखिएको बरफ आफ्नो टाउकोमा खन्याई ३ जनालाई चुनौती दिएका छन् ।
डिसी महानगर भर्जिनियाको लाउडन काउन्टी साउथ राइडिंग नजिक एल्डीका स्थानीय निवासी बिभु शर्मा अमेरिका १८ बर्ष हुदा नेपालबाट अमेरिका आएका हुन् । उनले राम्रो कामको लागि टाउकोमा बरफको टुक्रा खन्याएको भन्दै ३ जनाको नाम लिदै २४ घण्टा दिदै र केहि चन्दा दिन पनि आग्रह गरेका छन् ।
उनले दिएको चुनौतीलाई स्वीकार गर्दै अन्य तीन जनाले पनि बाल्टी भर राखिएको बरफको टुक्रा खन्याएका छन् l यसरि यो प्रक्रियामा तीन जनाबाट अर्को तीन जना हुदै जानेछ ।
संचार माध्यम त्यसमा पनि सामाजिक संजालमा जताततै देखेर प्रभावित हुदै यो काम गर्न कुनै पहाड फोड्नु पर्ने होइन भन्दै आफुले यो काम गरेको बताए ।
र साथै नेपाली समुदायलाई यो राम्रो कामको लागि गरिएकोले चुनाती लिन आग्रह गर्दै स्नायु रोगको अनुसन्धानको लागि द्रब्य दान गर्न अनुरोध गरेका छन् ।
...श्रब्य दृश्य ....