बेइजिङ्मा बीस हजार जोडीले दोस्रो बच्चा जन्माउने अनुमती I

बेइजिङ् २२ भदौ,

चीनको महानगर बेइजिङ्मा रहेका करिब बीस हजार जोडीले दोस्रो बच्चा जन्माउने अनुमती प्राप्त गरेका छन् । सरकारद्धारा गत फेबु्रअरीबाट परिवार नियोजनको नीतिहरुलाई केही खुकुलो पारिदिएपछि सो अनुमती प्राप्त भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

गत अगष्टको अन्त्य सम्ममा २१ हजार २४९ जोडीलाई दोस्रो बच्चाको अनुमतीको माग गर्दै निवेदन दर्ता गरेको बेइजिङ् महानगरका स्वास्थ्य तथा परिवार नियोजनले नियोगले जानकारी दिएको छ । सो निवेदन दर्ता गराउनेहरुमा ५६ प्रतिशत महिलाहरू ३१ देखि ३५ वर्षसम्मका रहेका बताइएको छ ।

त्यसैगरी ५३७ जना महिला ४० वर्ष भन्दा बढीका रहेको जनाइएको छ । सरकारले जनसङ्ख्या वृद्धिका कारण दशकौदेखि लागु गरिदैँ आएको एउटा बच्चा जन्माउने नीतिलाई गतवर्षको अन्त्यदेखि केही खुकुलो गरिएको थियो । स्रोत: रासस सिन्ह्वा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com