नेपालमा दैनिक १२ ले गर्छन आत्मदाह I

 काठमान्डू भाद्र २५,

नेपालमा हरेक दिन १२ देखि १३ जनाले आत्महत्या गर्ने गरेको जनाइएको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आज स्वास्थ्य मन्त्रालयमा भएको कार्यक्रममा गत वर्षमात्र ४ हजार ५ सय १० जनाको मृत्यु आत्म हत्याबाट भएको र १० वर्षको अवधिमा ३२ हजार ४४ जनाले आत्महत्या गरेको बताइयो ।

 कार्यक्रममा सहभागीहरुले तत्काल आत्महत्या रोकथामका लागि राष्ट्रिय नीति तथा रणनीति आवश्यक रहेकोमा जोड दिएका थिए । यसका लागि प्रतिकारात्मक तथा उपचाररात्मक सेवाहरुबाट आत्महत्या रोकथाम गर्न सकिने समेत उनीहरुले सुझाव दिए । नेपालमा सामाजिक, आर्थिक, पारिवारीक तथा मानसिक कारणले आत्महत्या हुने गरेको पनि बताइयो ।by, NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com