बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान I

जुटपानी चितवन ०८ ,

शिशिर सिंखडा :असोज बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा पुर्वि चितवनको जुटपानी ६ खोलेसिमलमा रहेको सिद्धि बिनायक आवासीयमाबिले आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

यस क्षेत्रकै उत्कृष्ट र पुरानो सो बिद्यालयले हरेक बर्ष जस्तै यस बर्ष पनि शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । बिद्यालयका सहायक प्राचार्य साजन थापामगरले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको सो कार्यक्रम बिद्यालयका प्राचार्य बिष्णुमणि लामीछाने को अध्यक्षतामा सम्पन्न भएको थियो । 

बिद्यालय निरीक्षक तारापति खरेल प्रमुख अतिथी रहनुभएको सो कार्यक्रममा पिठुवा स्रोेतकेन्द्र का स्रोत ब्यक्ति रामकृष्ण लम्साल , शक्तिखोर स्रोतकेन्द्रका सँ्रोे त ब्यक्ती उद्धव आचार्य , बिद्यालयका डाइरेक्टर लिला बहादुर गुरु ब,शिक्षक अभिभावक सघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, शिक्षक नवराज बन्जारा लगाएतले शुभकामना मन्तब्य ब्यक्त गनुभएको थियो ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com