ओखलढुङ्गा, १७ भदौ,
ओखलढुङ्गाको रानीवनस्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन ठेक्का लागेको १५ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
हालको मूल्याङ्कनमा रु तीन करोडभन्दा बढी लागत अनुमान गरिएको सो भवन सम्पन्न नभएपछि निर्मित भौतिक पूर्वाधारसमेत अलपत्र बनेको छ ।
भवनको ९५ प्रतिशत काम सकिएको छ । बाँकी कामको लागि स्वास्थ्य सेवा विभागले म्याद थप नगरेकाले रोकिएको सरोकारवालाको भनाइ छ । विसं २०५६ मा दुई वर्षभित्र सम्पन्न गर्ने गरी रु ६१ लाखमा ठेक्का आह्वान गरिएको भवन माओवादी सशस्त्र द्वन्द्वको कारण देखाउँदै निर्माणमा ढिलाइ भएको थियो ।
“अहिले त काम गर्न सहज नै छ । कसैले असहयोग गर्ने स्थिति छैन ।” स्वास्थ्य व्यवस्थापन समितिका सदस्य डोरप्रसाद ढुङ्गेलले भने, “तर ठेकेदारले काम गर्छु भनेपनि विभागले म्याद नथप्दा निर्माण सकिएको भौतिक पूर्वाधार पनि जीर्ण बन्न थाल्यो ।”
पटकपटक म्याद थप गरेपनि ठेकेदारले काम नसकेको कारण विभागले म्याथ थप गर्न नमानेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । “हामीले म्याद थप गरिदिन भनेर सिफारिस गर्दा विभागले उल्टै अहिलेसम्म के कारणले बनेन भनेर स्पष्टिकरण माग्यो”– बस्नेतले भने, “काम सक्नकै लागि बजेट राख्न लगाएपनि म्याद नथपिएकैले गतवर्ष रु २७ लाख रकम फ्रिज भएर गयो ।”
स्वास्थ्य कार्यालयमा प्राप्त तथ्याङ्कअनुसार ठेकेदार कम्पनी कटक निर्माण सेवाले काम गरेबापत हालसम्म रु ४१ लाख १८ हजार ६२३ भुक्तानी लगिसकेको छ भने भुक्तानी हुन बाँकी रकम रु १९ लाख ९७ हजार २० रहेको छ ।
जिल्लाको पश्चिमी दुर्गम गाविसलाई समेट्ने उद्देश्यले तत्कालीन भौतिक योजना मन्त्री बलबलहादुर राईको पालामा स्वीकृत जिल्लाको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूति गृह निर्माण गर्न तत्कालीन अर्थराज्यमन्त्री गोपाल राईले पहल गरेका थिए ।
ठेकेदार कम्पनी कटक निर्माण सेवाका प्रतिनिधि श्याम श्रेष्ठले म्याद थप भएमा काम सक्नलाई बढीमा दुई महिनामात्र लाग्ने बताए ।
सहरी विकास तथा भवन डिभिजन कार्यालयका डिभिजन प्रमुख नारायणसुन्दर श्रेष्ठले तत्कालीन समयमा प्राविधिक निरीक्षण गर्ने काममात्रै भवन डिभिजनले गर्ने भएकाले आफ्नो कार्यालयले म्याद थपको सिफारिस पठाउन नमिल्ने बताए । रासस: