काथामंदु आश्विन १,
सुनसरीको पश्चिम दक्षिण हरिपुर–१ स्थित कोसी कटानमा गएराति एक युवती ट्रकभित्रै सामूहिक बलात्कारमा परेकी छिन् ।
सप्तरीको रुपनीबाट कोसी ब्यारेजतर्फ आउने क्रममा ट्रकमा चढेकी यादव थरकी युवतीलाई ट्रकका चालक, सहचालक र सहयोगीले कोसी कटान क्षेत्रमा ल्याएर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सप्तरी बनिगामाकट्टि–४ का ३० वर्षीय राम यादव, १९ वर्षीय चन्दरदेव यादव र १८ वर्षीय सरोजकुमार यादवविरुद्ध मुद्दा दर्ता गरेको छ ।
युवतीलाई भने परिवारको जिम्मा लगाइसकेको प्रहरी उपरीक्षक मसउद आमल खाँले जानकारी दिनुभयो । ट्रकभित्र सामूहिक बलात्कार भइरहेको अवस्थामा सशस्त्र प्रहरीको हरिपुर पोष्टले देखेर युवतीलाई उद्धार गर्नुका साथै तीनजनालाई राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको थियो ।
सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि ट्रकभित्रैबाट हात हल्लाएर युवती चिच्याएपछि आफूहरूले ती युवतीको उद्धार गरेको सशस्त्रका प्रहरी नायब निरीक्षक नारायण सुवदीले जानकारी दिनुभयो -नेपालब्रिटेनबाट: