रत्ननगर (चितवन) आश्विन १४,
चितवनको भरतपुर कारागारमा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ । भरतपुर कारागारका प्रमुख चोलाकान्त पोख्रेलकाअनुसार अहिले कारागारभित्र रहेका ५० भन्दा बढी कैदी र थुनुवामा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको र यो क्रम जारी रहेको जानकारी दिए ।
कारागारमा अहिले क्षमताभन्दा बढी कैदी रहेका छन् । अहिले यहाँ ५४१ कैदी रहेको पोख्रेलले बताए । कारागार १२० कैदी राख्न मिल्ने क्षमताको हो । यहाँ क्षमताभन्दा बढी कैदी र थुनुवा भएकाले बेलाबेलामा रोगको सङ्क्रमण हुँदै आएको छ ।
‘उनीहरुमा अहिले आँखा पाक्ने रोगसँगै ज्वरोको सङ्क्रमण पनि देखिएको छ । ज्वरो फैलिएको भने छैन, फैलिन्छ कि भनेर आवश्यक सावधानी अपनाएका छौँ,’ पोख्रेलले भने । यहाँ विभिन्न प्रकृतिका बिरामीहरु समेत बस्दै आएका छन् । क्षयरोग, हेपाटाइटिस बी, क्यान्सरलगायतका बिरामीलाई समेत एउटै कक्षमा राख्नुपर्दा भने समस्या भएको कारागारले जनाएको छ ।
केही समयअघि जिल्लामै आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको थियो । चिकित्सकले अहिले केही घटेको जनाए पनि जिल्ला आँखा अस्पतालमा भने बिरामी आउने क्रम घटेको छैन । भरतपुर आँखा अस्पतालले दिएको तथ्याङ्कअनुसार दैनिक आँखा पाक्ने रोगकै कारण तीन÷चार सय बिरामी उपचारका लागि आउने गरेका छन् । रासस: