गीत '' सम्हालेर रातो टिका ''
सम्हालेर रातो टिका राख्द्यौ आमा मेरो लागि
यो दसैं भो साह्रै फिका राख्द्यौ आमा मेरो लागि
अर्को साल टिका थाप्न पिङ्ग खेल्न आँगनीमा
ढोका छेउ घडा पिर्का राख्द्यौ आमा मेरो लागि
जमरा र आशिर्बाद सके पठाऊ हुलाक बाट
झर्दा तिम्रा आसुँढिका राख्द्यौ आमा मेरो लागि
परदेशमा पोल्छ छाती यो चाडबाड आउँदा अती
सम्झिसम्झि आयो हिक्का राख्द्यौ आमा मेरो लागि
सम्हालेर रातो टिका राख्द्यौ आमा मेरो लागि
यो दसैं भो साह्रै फिका राख्द्यौ आमा मेरो लागि
श्रीभक्त पौडेल ¨आफन्त¨
स्पेन,