कविता, "जीवनलाई तौलिन्छ मान्छे "
मिलनमा खुशी ब्यक्त गर्छन मानिस ,
यो प्रकृति हो,
तर आखाबाट आशु झरेको देखेकी छु मैले ...
बिछोडमा तड्पिन्छ अरे मानिस भन्छन ,
यो प्रवृति हो,
तर ,
खुशीले पो रमाएको देखिकी छु मैले ,
हसाउने ,रुवाउने, दुबैको संगम ,
यी संयोगहरु हुन् र पनि ,
पर्खी रहेको त्यो खुशीलाई देख्दा ,
अचम्म लाग्छ मानिसको स्वाभाव,
भुत,र बर्तमान दुखमा पर्दा पनि ,
भविष्यलाई कुरी रहेछन ...
ओहो ! यो समय ,मात्र आशु छ ,
चकमन्न अँध्यारो ,
अनुहारबाट कहिलै कालो वादल हटेन ,
सधै मुसलधारे वर्षा वर्सिएको देख्छु ,
अह ! थामिदै थामिदैन ,
आकाश स्वच्छ छैन कत्ति पनि वादल घटेन..
तै पनि ,
भूत र बर्तमानलाई तराजुमा जोख्दै,
भविष्यको आशामा जीवनलाई तौलिन्छ मान्छे !
ओहो !
घरि घरि मुर्छा परेको देख्छु,
च्वास च्वास मुटु दुखेर हो कि?
गाठो परेको पीडाले सधै,
एक्कासी ब्यथा पो बल्झिएर हो कि ? मान्छे,
खै ! हसिलो त्यो जीवनको कथा,
अनायसै अत्यारिलो बनेर हो कि ,
लामो दुरी तय गर्ने वचन त्यो,
क्षीण हुँदै एक्लो भएर हो कि?
मात्र प्रतिक्षा गरेको देख्छु ,
सागरको समतल पानीमा ,
सा-साना डल्लाले हान्दाको मज्जा ,
खित्का छाडेर एक्लै ,
पागल झैँ खितिखितत् हासिरहेको बेला ,
उच्छीटिएका पानीका थोपाले ,
अनुहारलाई चुम्दा ,
झसंग हुदै किन मौन हुन्छ मान्छे !
फेरि,
आन्नदको अनुभूति गर्दै,
निक्कै ओइलाएको बोटलाई,
मलजल,पानी हाली गोडमेल गर्दै,
फूल फुलाउने आशाहरुलाई मौलाउदै ,
अगाडी बढाएको ती आफ्ना पाइलाहरु,...
लाग्छ बाध्यताले छेक्न प्रयाश गर्दैछ...
त्यसैले हो कि बेला बेला ,
मक्किएको हड्डी झैँ,
लरक्क हुदाँ हात खुट्टाहरु ...
तर पनि,
निरन्तर कोशिश गर्ने संग सधै !
जति नै क्रुर बनोश समय,
उसले एक दिन हार्ने पर्छ ,
किन कि, दृढ विश्वास र,
संघर्ष गर्नेको अगाडि ,
उसले जस्तै कठिन परिस्थितिलाई ,
नाधेर हिड्ने अठोट गरेकोले होला ,,
छेक्न आउने दुष्ट समयका चुनौतीलाई
परिबन्दसंग लड्दै अघि बढ्न जानेकी रैछ,,,
खै त् !
आखिर के गर्न सक्दो रैछ र समयले ?
उ आफ्नै धुनमा चल्छ र कोत्रिन्छ ,
हिर्दयमा बसेकोलाई बिछोड गराउछ ,...
अनि,समय आफुलाई बलवान सम्झन्छ,
तर ,
कोशिसको अगाडि असफल,
समय आफै थोत्रिन्छ !
ऊ निर्भिक र आत्म विश्वासी सधै
गति लिन्छे,अनि,
आफ्नो गन्तब्य नभेटे सम्म,
हिडी रहेकी छ ..हिडी रहेकी छ,
आफ्नै रफ्तारमा ,
समयको गति संगै,!
निशा खनाल अर्याल ,
इजरायल