गजल By, मानन्धर अभागी


गजल By, मानन्धर अभागी

छाती चिर्छु भन्छ चिर्छ भने के गर्नु
मलाई पिर्छु भन्छ पिर्छ भने के गर्नु

छिनाइ हाल्ने रे भेट हुने वित्तिक्कै
 खुकुरी भिर्छु भन्छ भिर्छ भने के गर्नु

गिराउने उसको , औकात नै भएन रे
 आफै गिर्छु भन्छ गिर्छ भने के गर्नु

नामर्द पानी मरुवा कुरै मात्र गरेछ
गाउँ फिर्छु भन्छ फिर्छ भने के गर्नु

छाती चिर्छु भन्छ चिर्छ भने के गर्नु
मलाई पिर्छु भन्छ पिर्छ भने के गर्नु ।

मानन्धर अभागी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com