गज़ल: By, कोमल भट्ट


गज़ल: By, कोमल भट्ट

घरै पिच्छे खुसी छाओस यो दसैँमा 
सबैको आँगनी हाँसोस यो दसैँमा

भवानीले गरून रक्षा प्रेम गर्दै
समुन्नतले शिखर नाघोस यो दसैँमा

निराशाको हटोस कालो बादलै त्यो
खिचातानी उँधो लागोस यो दसैँमा

नहून भोका तथा नाङ्गा देश वासी
बिचल्लीको दशा सुध्रोस यो दसैँमा

अँध्यारो भै झरेका छन् आँसु धेरै
उज्यालोले धरा नाचोस यो दसैँमा

बढेका छन् अधर्मीका झेल मात्रै
असत्यैले घुँडा टेकोस यो दसैँमा

रुँदै भागून खुराफाती सोच चाँडै
सुभावैले जरा हालोस यो दसैँमा

सुवासी भै फुलून सारा चाह मनको
दुरावस्था धुलो चाटोस यो दसैँमा

(बहरे करीब)
कोमल भट्ट
komalpbhatta@yahoo.com
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com