कैफलाई फिका पार्दै बसु 'ब्यांग ब्यांग'मा I

मुम्बई श्रावन १७,

बलिउडका चलचित्र निर्देशक सिद्धार्थ आनन्दको आउनेवाला चलचित्र 'ब्यांग ब्यांग'मा यति बेला अभिनेत्री विपाशा बसुको भूमिका धेरैको चासोको विषय बनेको छ।

भारतीय सञ्चारमाध्यममा विपाशाको भूमिकाले चलचित्रकी मुख्य अभिनेत्री कटरिना कैफको भूमिकालाई फिका गरिदिने चर्चा चलेको छ। यस चलचित्रको निर्माता कम्पनीले विपाशालाई चलचित्रको प्रस्ताव गर्दा उनले स्क्रिप्ट र भूमिका नहेरी अस्वीकार गरेकी थिइन्। तर, निर्देशक आनन्द विशेष भूमिकाका लागि विपाशालाई नै लिन चाहन्थे। निर्देशकले नै फोन गरिसकेपछि विपाशाले अस्वीकार गर्न सकिनन्।

चलचित्र 'बचना ए हसिनो'मा पनि विपाशाको फरक चरित्र देखिएको थियो। दर्शकले धेरै रुचाएको त्यस चरित्र उनले सिद्धर्थले भनेको भएरमात्र गरेकी थिइन्। सिद्धार्थले विपाशासँग भेटेरै कुरा गर्ने निधो गरेपछि एकै भेटमा कुरा मिलेको थियो। अक्टोबर महिनाको पहिलो साता रिलिज हुने चलचत्रि 'ब्यांग ब्यांग'को सम्पादन कार्य भइरहेको छ। -एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com