श्रावन १९,
दाताबाट प्राप्त भएको मुटुलाई प्रत्यारोपण नगर्दासम्म शरीरबाहिरै विशेष किसिमको मेशिनमा राख्न मिल्ने भएको छ । अहिले अधिकांश प्रत्यारोपण सर्जनले यही प्रविधिको प्रयोग गरेर मुटुलाई जिउँदो राख्ने गरेका छन् ।
‘हर्ट इन बक्स’ नाम दिइएको उक्त मेशिनमा दाताबाट निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण नगर्दासम्म जसको तस्तै राख्न सकिन्छ । यसअघि यसरी दाताबाट निकालिएको मुटुलाई चारैतिर आइस राखेर एउटा बक्समा राख्ने गरिन्थ्यो । तर, अहिले मिडलसेक्सस्थित हेयरफिल्ड अस्पतालका सर्जनहरुले यस्तो मेशिनमा राखेर ल्याइएको मुटु प्रत्यारोपण गरेका छन् ।
अर्गान केयर सिस्टम (ओसिएस) भएको यो मेशिनमा मानव शरीरमा जस्तै वातावरण तयार पारिएको छ, यसमा राखेपछि मुटुले अक्सिजनसहितको रगत पम्प गरिरहेको हुन्छ, जसका कारण प्रत्यारोपण नगर्दासम्म यसले निरन्तर काम गरिरहेको हुन्छ । यो मेशिनमार्फत् कम्तीमा ८ घण्टासम्म मुटुलाई शरीर बाहिर राख्न सक्ने बताइएको छ । जबकि आइस राखेर मुस्किलले ३ घण्टामात्र मुटुलाई शरीरबाहिर राख्न सकिन्थ्यो ।
रोयल ब्रमटन तथा हेयरफिल्ड अस्पतालका प्रत्यारोपण निर्देशक तथा सर्जन आन्द्रे सिमोनका अनुसार यो मेशिन प्रयोग गर्न थालेपछि धेरै मुटु प्रत्यारोपण सम्भव भएको छ । हेयरफिल्ड अस्पतालमा गत फेब्रुअरिमा यो मेशिन प्रयोग गर्न सुरु भएयता १७ वटा मुटु प्रत्यारोपण भइसकेका छन् । एजेन्सी :