बाबियाचौर (म्याग्दी), ३० साउन,
जिल्लामा ८५ प्रतिशत औषधि पसल अवैध रुपमा सञ्चालन हुँदै आएको भेटिएको छ । औषधि व्यवस्था विभागमा दर्ता नगरी सञ्चालन भएका ७२ वटा औषधि पसल भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
म्याग्दीमा ८५ वटा औषधि पसल सञ्चालन रहेकामा १३ वटा मात्र दर्ता भएका जिल्ला जनस्वास्थ्य अधिकृत गणेश बरुवालले बताए । अनुगमन, नियमनको अभाव र सम्बन्धित निकायमा व्यवसायीको सहज पहुँच नहुँदा कानुनी प्रक्रिया नै पूरा नगरी औषधि पसल सञ्चालन गर्ने भेटिएको हो ।
औषधि व्यवस्था विभागले अख्तियारी नदिएकाले अवैध औषधि पसललाई नियमन गर्न कठिनाइ भएको जनस्वास्थ्य अधिकृत बरुवालले बताए । सबै मेडिकललाई प्रक्रिया पूरा गरी कानुनी हैसियत प्राप्त गर्न परिपत्र गरे पनि पाँचवटाले मात्र प्रक्रिया सुरु गरेका छन् । म्याग्दीका सबैजसो गाउँमा औषधि पसल छन् ।
औषधि व्यवसायीले भने जिल्लास्तरमा दर्ताको व्यवस्था नहुँदा काठमाडौँमा रहेको विभागमा पहुँच पुग्न नसकेको दाबी गरेका छन् । सम्बन्धित विषयमा अध्ययन गरेका र औषधि बिक्री गर्ने व्यक्तिबाहेकले पनि औषधि बिक्री गर्दा जनस्वास्थ्यमाथि खेलबाड भएको जनगुनासो रहेको छ । रासस: