गीत, मेरो व्यथा' By, गोपाल प्रधान

  
    गीत्:मेरो व्यथा:

    आशा भरोसाको,
यो जीवन यात्रामा,
एक्लैं म शुन्यतामा,
मनको शान्ती खोंज्दैंछु।
आधा चन्द्रमाको,त्यो उदास मुहारमा,
बस्दै म चौतारीमा, आफ्नै कहानी लेख्दैंछु।

बर्षाको रिम्झिम,सप्तरग्ंका झिल्का,
दुईपलको मायामा,
 मेरो व्यथा पोंख्दछु।
भाग्य र भविष्य,उदेश्यभित्रका पात्र,
हत्केलाको रेखामा, मेरो चित्रण कोरदैँछु।

अशान्त मनमा परिवर्तनको जिज्ञासा,
दुनियाँको मोडमा,
मैलें कथा रच्दैंछु।
ईश्वर्को रचना,आत्मीयपनको भावना,
तृष्कृत जीवन,
मैलें आज मेट्दैछु।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com