काठमाडौं, ६ भदौ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले सरकारी जागिर खाएर निजी क्लिनिक चलाउने छुट नदिइने बताएका छन् ।
सामाजिक रुपान्तरणका लागि नागरिक समाजले आयोजना गरेको ग्रामीण क्षेत्रमा देखिएको स्वास्थ्य समस्या समाधान विषयक अन्तक्र्रिया तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सो कुरा बताएका हुन् ।
स्वास्थ्य सचिव चिकित्सा क्षेत्रकै हुनुपर्छ भन्ने व्यवस्था नभएकाले प्रशासनिक क्षेत्रको मानिसलाई सचिव बनाइएको बताउँदै मन्त्री अधिकारीले चिकित्सा क्षेत्रको मानिसलाई सचिव बनाएर निजी क्लिनिक सञ्चालन गर्न दिने पक्षमा आफू नरहेको बताए । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थालाई सुदृढ गरी सामाजिक स्वास्थ्य बिमा ल्याउने तयारीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रहेको पनि मन्त्री अधिकारीले जानकारी दिए । रासस :