विद्यालयलाई सहयोग I

जुटपानी १० भदौं ,

पूर्वी चितवनको जुटपानी–१ गुराउचौमा रहेको शिवालय राप्र ाविलाई एक जापानीज संस्थाले शैक्षिक तथा खेलकुद सामाग्र ी र दराज सहयोग गरेको छ । युथ फेडेरेसन फर वल्ड पिस जापान नामक सस्थाले ४ वटा दराज,शैक्षिक र खेलकुद सामाग्र ी सहयोग गरेको हो । 

आर्थिक अवस्था कमजोर रहेको सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक विकासको लागि विदेशी सस्थाले सो सामाग्री सहयोग गरेको संस्थाका नेपाल अध्यक्ष प्रकाशवावु थापाले जानकारी दिनुभयो । विद्यालयमा आज आयोजित कार्यक्रममा संस्थाका एजुकेशन डाइरेक्टर मासाहिरो इजवाले विद्यालयका प्रधानाध्यापक फडिन्द्र लामिछानेलाई सो सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । 

कार्यक्रममा संस्थाका नेपाल अध्यक्ष प्रकाशवावु थापा, महासचिव अच्युत पराजुली, सल्लाहाकार मनोज कुमार सुर्खेती,नेकपा एमाले जुटपानीका चेतबहादुर थापा,राजमो जुटपानीका नार ायण चालिसे,परिवार दल जुटपानीका टंक प्रसाद भट्ट लगायतले वोल्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज भेटवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com