"बाबुको मुख हेर्ने दिन"
गोकर्णे औंसी अर्थात कुशे औंसी "
बुवाको मुख हेर्ने दिन हो कुशे औसी तर मात्र मेरो अगाडि बाबाको तस्विर छ त्यही तस्बिर हेर्दै वाबाको झल्को र वहा बाट पाएको यो मानब जन्मको नातालाई मात्र वावा प्रतिको आत्मा सझनु सिवाय के नै छ र ? यदी कुनै जन्ममा मैले मानब लिन पाए भने त्यो बेला पनि मेरै बाबाको छोरी भएर जन्मन पाऊ !
" पितृ देव भव"
कुशे औंसी सनातन हिन्दू परम्परा अन्तर्गत भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । कुशे औँसीमा बुवाको मुख हेर्ने अर्थात् बुवा दिवसको रूपमा मनाई यो दिन बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले वहाको सम्झना गर्दै आत्माले शान्ति पाओश भनि तीर्थ जाने र बिशेष गरि गोकर्ण र विष्णुपादुका, गई पिण्ड दिने गर्दछन भने जान नसक्नेले कुनै नजिकको धर्म स्थलको नदीमा गई वा आफ्नो घर वर परको पोखरीमा गई सम्झना स्वरूप श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तर्छन भन्ने विश्वाश राख्दै आफूबाट भएका कमि कमजोरी गल्तिको क्षमाले उनीहरुले पुण्यात्मा पाउने विश्वास गरिन्छ ।

जुनसुकै पुजा आजा तथा पितृ कार्यमा कुशको विशेष औँठी बनाई लगाउने र त्यो औठी पवित्रताको प्रतिक भनिन्छ ,शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर मन्त्रबाट शुद्ध गरि घरमा भित्र्याएको कुश राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास पनि रहेकोले सबै जसो हिन्दूहरूको घरमा कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्दछन त्यसैले ,जति नै सुनको प्रतिमा महत्व वा शरीरमा सुन लगाएकालाई चोखो मानिएता पनि कुशको प्रयोग बिना जस्तो सुकै पुजा आजा देखि लिएर मरण वा तिथि कार्यमा कुशको धारण वा प्रयोग नगरी कुनै पनि कार्यलाई पवित्र मानिदैन त्यसैले रक्षा र पवित्रताको रुपमा कुश घरमा राख्नु मात्र पनि घर शुद्ध र पवित्र मानिने हुँदा आफुले मानिदै आएका पुरोहितहरू कुशे औँसीमा घरमै पुगी मन्त्र उचारण गर्दै घरमा विष्णुले रक्षा गरुन भन्दै खामा वा दैलोको माथि सिउरिने गर्दछन र घरका ठुलाहरुले सम्मानका साथ गुरु ,पुरेहितलाई बसाई सिधा-दक्षिणा ,फलफुल दिदै टिका लगाई बिदा गर्दछन !
त्यस्तै बुवा आमा भएका तर आफु परदेशमा हुने छोरा छोरीले आफ्ना बाबा आमाको तस्बिरलाई हेरी वहाको सम्मान गर्दै मिडियाले दिएको सुविधालाई प्रोयोग गरि त्यो दिन बिशेष कुरा कानी गर्दै सन्चो बिसन्चो सोधी वहाहरुको आवश्यतालाइ पुरा गर्न खर्च समेत पठाउने गर्दछन भने मिठो खानु,राम्रो कपडा लगाउनु भनि सन्देश दिन्छन त्यस्तै घरमा संगै भएका तथा बिबाह भएको छोरीहरुले आजको महत्वपूर्ण दिन मुख हेर्ने बाबुलाई मिठा मिठान्न र नया कपडा लगाई पिता प्रति श्रद्धा गर्दछन हुन त आफ्ना मातापिताको श्रद्धाको लागी कुनै दिन पर्व कुरि रहनु पर्दैन सबै दिन उत्तिकै महत्वको मानिनु पर्दछ। एक दिन गरेको सम्झनाले सधै दिएको यातनालाई त अबश्य नै बिर्सौदैन तर कुनै बिशेष दिन मानिनुले मानिसलाई त्यो दिनको महत्व र सम्झनाको लागी बनाईएको हुनुपर्दछ।
कुश भगवान बिष्णुको स्वरूप पनि मानिन्छ जुन हिमबत खण्डमा प्रष्ट उल्लेख गरिएको छ कि कामदेवकी स्त्री रतीले बिष्णुलाई तिमीले घास हुनु परोश ,झार हुनु परोस र ढुंगा हुनु परोश भनेर दिएको श्रापले जुन बिष्णुले उसको सतित्व डगाए बापत घास हुनु परोस भनेर दिईकोमा उनि कुश भए र झार हुनु परोश भनेकोमा उनि तुलसी भए त्यस्तै ढुंगा हुनु परोश भनेकोमा उनि शालिग्राम भए । त्यही श्रापलाई पालना गर्न बिष्णु घास बनेर कुशको रुपमा बसेको धार्मिक ग्रन्थमा उल्लेख गरेको पाईन्छ। कुश घास काटेर पनि दरो भई रहनु तर टुक्रा नहुने यसको बानस्पतिक गुण हो। यसको बानस्पति नाम डेस्मोस्ताच्या बिपिन्नाता हो !
आज मेरो बाबा मेरो अगाडी शारीरिकरुपमा हुनु हुन्न तर बाबालाई हरपल आफ्नो यो दुइ आखाले झल्झली अगाडि नै पाई रहेकी छु,पलपल समरण गर्दा हर सासमा मेरो दुख कष्टमा साथ दिदै ,मेरो अर्धो निन्द्रामा आएर आशु पुछ्नु हुन्छ,म मेरो बाबलाई हर जन्ममा पाऊ भनि इश्वर संग प्रार्थना गर्दछु,र बाबा आमाले आत्मा ज्ञानको म प्रति बाली दिनु भएको उज्यालो प्रकाशले सधै हेर्ने प्रयेत्न गर्दैछु ,र मेरो बाबाको सम्झनामा यो शब्द सुमनले आत्मालाई शान्ति मिलोस् भन्ने कामना गर्दछु !
पूर्वी सभ्यता र सस्कृतीमा शरिर र आत्मालाइ बेग्ला हो भन्नछन । ॐकार परिवार भित्र रहने सम्प्रदायः हिन्दु, बौद्ध, शिख, जैन आदीले आत्मा अबिनाशी, अमुर्त, अम्मर हुन्छ भन्दछन । यो एक समुच्च तत्व सागरको पानी जस्तै जुन सुकै आकारमा पनि अस्तित्वमा रहने र कुनै आकारको बर्तनको टुटफुटमा सागरमा नै मिल्न जान्छ भनेर उपमा दिने गर्दछन । हामीले जस्तो आकारको भाडोमा पानी राख्यो उस्तै आकारमा देखिने र जुन रङ्को भाडामा राख्यो उही रङ हुने भए झै आत्मालाइ पनि त्यसरी नै लिने गरिन्छ । भनिन्छ आत्माको मुल श्रोत हो ब्रह्म, उसैबाट हिस्सा लिएर मानिस जन्मन्छ र मृत्यु पश्चात उही ब्रह्ममा आत्मा मिलन पुग्दछ जस्तै खोला नाला गएर समुन्द्रमा मिलछ ! जसरी खोला नालाको नाम रहन्छ त्यसरी नै आत्माधारी शरिरको पनि नाम रहन्छ।तर तत्व पानी उही हो र समुन्द्रमा मिल्ना साथ नाम रहदैन ठिक त्यसरी नै शरिर छुटेको आत्माको नाम रहदैन।

पानीको रूप र चक्र झै आत्माले पनि शरिर धारण गरी अबधी सम्म रही कर्म भोग पछी ब्रह्ममा नै मिलन जान्छ । मानिस मानिसको नाता शरिरको आकर्षणमा र आत्माको एकात्मकतामा हुन्छ। हामी ब्रह्म तत्वलाइ आत्मको रूपमा ग्रहण गरि रहेका छौ अपनाइ रहेका छौ। शरिर र म भन्ने तत्व पनि एक होइन। म ब्रह्म अश हो। शरिर म होइन। म आत्मा हो शरिर आत्मा धारी हो। मेरो टाउको, मेरो हात भनिन्छ, टाउको, हात म होइन, म आत्मा स्वरूप हो, ब्रह्मअंश हो, हात र टाउको शरिरको अंश हो। जस्तै घैटो शरिर हो र पानी म अर्थात आत्मा हो। घैटो टुट्न फुट्न सक्छ पानी रूप बदलिन सक्छ तर नाश हुदैन। जे आकारमा ठाले पनि माटो माटो नै हो। बिभिन्न आकारमा रहेका हामीले प्रयोग गर्दै आएका फर्निचरको मूलश्रोत काठ हो। आकार र रङमा अस्थायी हुन सक्छन तर काठ स्थायी हो। आकार सगको मानिसको माया लोभ मोह दुःखको कारण हो। सम्बन्धको नाता सबै फर्निचरमा काठ देख्यो भने मानिसमा आत्माको अनुभूती गर्छ। रूप रङ् र आकारमा मोहित भयो भने उ दुःखी बन्यो।
सबैमा काठ माटो देख्नेले आत्मा बुझ्छ जो आत्मा बुझ्छ उ ज्ञानी ठहरिन्छ, आत्मा ज्ञानी। सबै प्राणी जीव जगतलाई ब्रह्म अंश सम्झने र सो अनुसार ब्यबहार गर्ने आत्माजन ब्रह्मज्ञानी हुन। सारा दुनिया एक समान हो, सबै नै आफू हो र आफू नै सबै हो भन्ने तत्वज्ञानी, ब्रह्मज्ञानी हुन। बह्म ज्ञानीको लागी दुःख सुख आफ्नो पराय सबै समान हुन्छ। मिल्नु छुट्नु प्रकृती सम्झेर दुःख बिलौना गर्दैनन्। दुःख मनाउ समस्याको समाधान होइन, आत्मा सगको नाता जब मानिसमा अन्तर मनमा स्थापित हुन्छ, मानिसमा अन्तर दृष्टी बढ्छ। त्यही दृष्टीले मानिस आत्मा देख्छ र आत्मा बुझ्छ, महसुस गर्छ त्यो मानिस आत्मा द्रष्टा कहलिन्छ। आत्मा सबैको अंश एकै हुनाले सबै आफूमा समाहित पाउछ मानिस र अन्यत्रपराय कोही देख्दैन।
आज बुवाको मुख हेर्ने दिन यसरी सम्झिन्छु ! मलाई जन्म दिने बुवाको शरीर हामी बिच नरहे पनि ,रगतको सम्बन्धले सधै आफ्नो अगाडी प्रबिम्बको रुप आखा वरिपरी पाई रहन्छु , हाम्रो बिचको यिनै गहिरो सम्बन्धलाई अमर राख्दै आत्माको स्मरण गर्दै सदा सदा हर जन्म वहाकै सन्तान भएर जन्मन सकु भन्ने कामना गर्दछु !

निशा खनाल अर्याल
इज़रायल