काठमाडौँ साउन २३,
गुठी संस्थान र नेपाल नेत्रज्योति सङ्घबीच जमिन भोगचलनका विषयमा लामो सयमदेखि रही आएको विवाद हिजोदेखि अन्त्य भएको छ ।
त्रिपुरेश्वरस्थित संस्थानको आठ आना दुई पैसा जमिन सङ्घले ४० वर्षदेखि भोगचलन गर्दै आएको थियो । भोगचलन बापत संस्थानलाई सङ्घले कुनै भाडा नतिरेको भन्दै सङ्घलाई जमिन खाली गर्न अथवा भाडा तिर्न आग्रह गर्दै आएको थियो । संस्थानको आग्रह अनुरुप साउन १ गतेदेखि सङ्घले संस्थानलाई भाडा मासिक जमिनको बापत रु.२० हजार दिने सहमति भएको छ ।
संस्थानका अध्यक्ष पञ्चलाल महर्जन र सङ्घका अध्यक्ष प्राडा तीर्थप्रसाद मिश्रबीच आज सो सहमतिपत्रमा हस्ताक्षर भएको छ । दशवर्षका लागि सो सहमति भएको हो । सहमतिपत्रमा हस्ताक्षर गर्दै संस्थानका अध्यक्ष महर्जनले गुठी सस्थानले आफ्नो सम्पत्ति संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । सङ्घका अध्यक्ष प्राडा मिश्रले गुठी संस्थान र सङ्घका बीचमा अब कुनै विवाद नभएको बताए । रासस :