साउन १६ ,
सन्दिप भट्ट :
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले बालबालिकाहरुलाई नियमित रुपमा आमाको दुध खुवाउन अभिप्रेरीत गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।
विश्व स्तनपान सप्ताहको अवसरमा कार्यालयले चितवनमा रहेका खोप क्लिनिक, गाउघर क्लिनिक,मातृशिशु स्वास्थ्य क्लिनिक सहत स्वास्थ्य सस्थाहरुमा सेवा लिन आउनेहरुलाई समुदायमा जनचेतना फैलाउन प्रेरीत गरीने छ । स्तनपान भनेको आमाको दुध बच्चालाई खुवाउनु हो । बच्चालाई कुपोषण, पेटको समस्या तथा आँउ र अन्य रोग सँग बचाउनको लागि पर्याप्त मात्रामा स्तनपान गराउनु पर्दछ ।
शिशुको जन्मपछि आमाहरुले एक÷दुई महिना नियमित स्तनपान गराए पनि त्यसपछिका महिनामा विस्तारै स्तानपानको सट्टा बजारमा पाइने दुध खुवाउने गरेको पाइएपछि चेतनामुलक कार्यक्रममा जोड दिइएको कार्यालयले जनाएको छ । आमाको दुधमा प्रशस्त मात्रामा रोग सँग लड्ने क्षमता हुनेभएकाले शिशु जन्मेको आधा वा एक घण्टामा नै शिशुलाई दुध चुसाउनु पर्दछ । त्यस्तै ६ महिना सम्म आमाको दुधमात्रै खुवाउनुपर्छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केहरसिहं गोदारले स्तनपान गराउने आमाहरुसंग प्रत्यक्ष अन्तक्रिया गर्दै स्तनपानको महत्वबारे अवगत गराइने जानकारी दिए । कार्यालयका जनस्वास्थ्य निरीक्षक दुर्गादत्त चापागाईले जिल्लामा भर्खरै जन्मिएदेखि ६ महिनासम्मका करीव ५३ प्रतिशत बालबालिकाले नियमित रुपमा आमाको दुध खान नपाउने गरेको वताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार बालबालिका जन्मिएदेखि ६ महिनासम्मको अवधिमा अन्य चिजको सट्टा आमाको दुधमात्रै खुवाउनुपर्ने मान्यता छ । आमाको दुध खुवाउँदा वा स्तनपान गराउँदा शिशुलाई चाहिने प्रोटिन, चिल्लोे पदार्थ, क्याल्सीयम, आइरन, फस्फोरस, भिटामिन ‘ए, डी र सी तथा इम्यूनोग्लोविन सवै प्राप्त हुन्छ । बच्चाको इच्छा अनुसार जति पटक खान चाहान्छ त्यति पटक दुध खुवाउनु पर्दछ
।