नाग पञ्‍चमी विशेष I

" नाग देवतालाई स्तुति गरि यदी तपाइको  नाग दोष छ भने यो  मन्त्र जप्नु होश तपाईको नाग दोष हटेर जानेछ  "!

'"ओं सम् शेष नाग राजायै नमः " ६,११,२२ ,,

ओम नमः शिवाय :
नागको मन्त्र 
"ओम् नव् कुलाय विद्ममहे विष दंताय धिमाही तंनो सर्प  प्रचोद्यात"

श्रावणको महिना  पंचमी तिथि ,पाच घड़ा तथा पंचायमुखे  नागको कांदु माताको गर्भ बाट जन्म भएको  हुनाले आजको दिनलाई नाग पंचमी भनेर नागको जन्म दिन मनाउदै आएको हो भन्ने धर्म ग्रन्थ अनुरुप उल्लेख भएको सुन्न पाइन्छ ,

भन्ने गरिन्छ कि नागले जहिले पनि दुख ,कलेश,शंकट ,रोग हरन गर्दछन अरे ,नागको नव रुप छन तर पाँच नागको जन्म आजको दिन भएकोले उनीहरुलाई " नाग पंचमी " भनेर पुकारिन थालियो ,

धार्मिक ग्रन्थमा उल्लेख भएका कथाहरु बिभिन्न रुपले ब्याख्या गरेता  पनि आज म यहाहरु माझ धर्म ग्रन्थ मै आधारित यो कथा पस्कने प्रयेत्न गर्दैछु  !

गाउमा कुनै एक ब्राह्मणको सात पुत्र वधु थिए हरेक सालको श्रावन महिना लागे पछी ६  जनाका वुहारीहरुको दाजु,भाइ आई उनीहरुलाई खुशी पार्दै माइत लिएर जान्थे तर कान्छी बुहारीको भने कोहि दाजु भाइ थिएन् र  हरेक बर्ष मन खिन्न भएर आसुका धाराले पिडा र छट्पटीमै  बित्द्थे,त्यसै क्रममा श्रावण महिना नाग पंचमीको दिन उनको मन भित्र नयाँ विचारको किरण छायो र झट्ट  उनले पृथिवी धारणा गर्ने शेष नागलाई आफ्नो भाइको रुपमा पुकार्दै स्तुति गरि  याद गर्न थालिन ,यसरी मन दुखि भएर कल्पी कल्पी आफुलाई भाई भनेर पुकार गरेकी करुणा युक्त वीनबाणीले आरधना गरेको सुनेर शेष नाग खुशी भइ त्यो  उसको पिडा,कष्ट,दुख हरण गर्न ब्राह्मण रुप धारण गरि शेष नाग उनको भाइको रुपमा त्यहा पुगे, आफुले भाइको दायित्व ,अविभारा  निर्वाह गर्न ति बधु "बैनी"लाई लिएर घर देखि निस्किए ,! आधा  बाटो सम्म पुगे पछी शेष नागले आफ्नो रुप धारणा ति बैनी बधुलाई आफ्नो पंखमा राखी नाग लोक लिएर गए ,त्यस पश्चात उनि त्यही नाग लोकमा हर्ष,खुशी , आनन्दले रहन थालिन  , पाताल लोकमा बस्ने क्रममा उनको खुशीले दिन चर्या बितिरहेको थियो बस्दै जादा त्यहा शेष नागका कुल परम्परामा धेरै छोरा छोरीको जन्म भयो र ति सम्पूर्ण जन्मिएका बच्चाहरुलाई सर्बत चहलपहल गरेको देखेर शेष नाग कि रानीले ति कुल बधुलाई (बैनी) अँध्यारो मा प्रकाश देखिने र हिड डुल गर्न सकिने पिपलको पातको एउटा दियो दिईन र भनिन् कि यो प्रकाशले तिमीले सर्बत अँध्यारोमा   पनि सबै कुरा देख्न सक्ने छौ ,!

एक दिनको कुरा हो उनि त्यही दियो लिएर पातालको भित्र हिड डुल गर्ने क्रममा उसको हातबाट चिप्लिएर झरेर दियो भुइँमा शेष नागका बच्चाहरु टहलि  एक आपसमा रमाई रहेका बेलामा एउटा बच्चाको शरीरमा खस्यो र त्यसको परिणाम स्वरूप आगोको पोलाई बाट उसले आफ्नो पछाडिको थोरै  पुच्छरको भाग  गुमायो ..उसलाई त्यो बेला पोलेको पिडा र आफुले गुमाउनु पुगेको शरीरको भावले क्रोध भै रहेको अबस्थामा  आफ्नी आमा नागिनिले छोराको पछाडिको भागमा थोरै  पुच्छर नदेखे पछी के भएर तिम्रो यस्तो अबस्था भयो भनेर सोध्दा छोराले आफुहरु खेली  रहेको अबस्थामा दियो झरेर आगोको पोलाई बाट पिडा भै आफ्नो पुच्छर गुमाउनु परेको घटना बताए पछी रिसले  चुर भएर ती बधुलाई खोजिन तर हातबाट झरेको दियो देखेर अब अनर्थ हुन्छ भन्ने डर र त्रासले  ति बधु त्यहाबाट चुपचाप लागेर आफ्नो घर फर्की सकेकी थिइन्  ,!

तर प्रतिशोधको भावना बोलेको छोरा र केहि भाइहरुले बदला लिने उनीहरुको  क्रोधित भावना भने हटेन र समय काल बितेर फेरी बर्ष दिनमा श्रावण महिनाको पंचमी तिथिको दिन ति बधुलाई मार्ने निर्णयको प्रतिसोध्ले उनीहरु त्यहाबाट निस्केर बधुको घरमा आए यता आफ्नो भाइ मानेको शेष नागको  जन्म दिन भएको खुशियालीमा घरको गेट देखि लिएर  हरेक कोठा भित्र पस्ने दैलोको माथि भित्तामा गोवरले नागको आकार चित्र बनाएर उनको जन्म दिनलाई बिधि विधानले पुजा आरधना गरि सुगन्धित धुप ,दिप,फुल मालाले दुध,चामल,चडाई मंगल शुभकामना गर्दै विणाको धुनले आफुबाट अन्जानमा भएको गल्तिको क्षमा माग्दै कल्पीदै प्रार्थना गरि रहेको बेला  यता प्रतिसोधमा बदला लिन नागिनिले आफ्नो छोराको अंग अपांग बनाएको रिषको आवेगलाई थाम्न नसकी छोराहरुलाइ क्रोधले पठाएकी थिइन् तर वदलाको भावना लिन आएका शेष नागका छोराहरुले उसको घरको आगनमा आई प्रवेश गरे जब उनीहरु भित्र पस्न लागे त्यो बेला घरको गेट देखि नै फुल,र धुप ,दिपको सुगन्धित आयो र  मंगल मन्त्र गुनगुनाई एक चित्तले नाग मन्त्र जप्दै घरको गेट र हरेक  कोठाको दैलोमा गोवरबाट नागको आकृति बनाई पुजा आजा धुप दिप,गरेको उनको श्रद्धा देखेर उनीहरु भित्र जागेको क्रोधित वदलाको भावना हराएर गयो .

र, उनीसंग अति नै  प्रशन्न भए अनि उनले चडाएको दुध र कलिलो चामल प्रसादको रुपमा ग्रहण गरि खुशी हुदै भने हामी तिमीले गरेको अपराधलाइ दण्ड दिन आएका थियौ तर तिम्रो यस्तो स्रद्धा देखेर हामी  तिमीले गल्ति जानेर हैन रैछ अन्जानमा भएको गल्तीलाई हामीले माफ गरि दियौ यदी त्यो बेला तिमीबाट जानेरै भएको गल्ति थियो भने पनि तिम्रो यस्ता स्राद्धारुपी आराधनाले हामी आज प्रशन्न भएका छौ ,हामीसंग तिमीले अब देखि डराउनु पर्दैन ,निर्भय भएर ढुक्कले बस भन्दै उनलाई आफ्नो बाबा र सबै परिवारको तर्फबाट उपहारको  रूपमा  मणिको माला प्रदान गरे र भने श्रावन महिनाको पंचमी तिथिको दिन जसले हाम्रो आराधना गर्दछ ,दाजु ,भाइको रुपमा पुकार्द्छ त्यसको हामी सदैब रक्षा गर्नेछौ ,!

यस्ता प्रकारले वदलाको भावनामा मार्न भनि आएका शेष नागका छोराहरुले उनको सबै दुख,कष्ट,भय,रोग हरण गरि उनीलाई आशिर्बाद दिएर पाताल तिर फर्के ! त्यसैले नै भन्ने गरिन्छ कि जानी नजानी नागलाई गरेको  अपराध छ भने पनि  श्रावण महिनाको पंचमी तिथिको दिन नागलाई सम्झेर आफ्नो गल्तिको याचना गर्न स्तुति गरियो भने त्यो कष्ट,दुख ,भय,त्रास,रोगको  निवारण हुन्छ :ओम नम:शिवाय "ओम नाग देवतायै नम:
निशा खनाल अर्याल
इज़रायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com