काठमाण्डू भाद्र १५,
मदिरा सेवन गरी महिलाको घरमा पस्न खोज्ने एक सैनिक जवानलाई गाउँलेले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । नवलपरासीको हात्तीखोर ब्यारेकमा कार्यरत तीन सैनिक जवानले गएराति मद्यपान गरी एक महिलाको घरमा प्रवेश गर्न खोज्दा गाउँलेले एकजना सैनिक नायकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कावासोतीमा बुझाएको प्रहरी निरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा नायक पुरुषोत्तम श्रेष्ठ रहेका छन् । अन्य दुईजना भने भाग्न सफल भएका स्थानीय बासिन्दाले जानकारी दिएका छन् । उनीहरू तीनै जना ड्यूटीभित्र नरहेका र तीनैजनाले मादकपदार्थ सेवन गरी महिलाको घरमा प्रवेश गर्न खोजेको प्रहरीले बताएको छ । श्रेष्ठले भने आफूहरू दुईजना मात्र भएको भन्दै प्रहरीमा बयान दिएको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । by, NB: