चीनमा गएको भुकम्पमा परी मर्ने ४ सय पुगे I

भूकम्पको पीडा: चीनको दक्षिण-पश्चिम क्षेत्र
युनानमा आइतबार गएको ६.१ रेक्टर स्केलको
भूकम्पका कारण क्षतिग्रस्त सडक तथा घरहरू।
यो शक्तिशाली भूकम्पका कारण मंगलबारसम्म
करिब ४ सय मानिसको मृत्यु भइसकेको छ।
तस्बिर: एएफपी
बेइजिङ श्रावण २१

चीनको दक्षिण-पश्चिम गाउँमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या मंगलबार ४ सय पुगेको जनाइएको छ। चीनको युनान प्रान्तमा आइतबार ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो।

भूकम्प प्रभावित क्षेत्र पहाडी इलाकामा रहेको हुनाले उद्धारकार्यमा अत्यन्त कठिनाइ परेको जनाइएको छ। मृतकको संख्या ४ सय पुगेको सरकारी स्तरबाट मंगलबार पुष्टि गरिएको छ। यस भूकम्पबाट एक हजार ८ सयभन्दा बढी व्यक्ति घाइते भएका बताइएको छ।

भूकम्पबाट ८० हजार घर ध्वस्त भएका र एक लाख २४ हजार घर क्षतिग्रस्त भएको युनान प्रान्तका प्रवक्ताले जानकारी दिएका छन्। स्थानीय समय अनुसार आइतबार ४:३० बजे अपराह्नमा गएको सो भूकम्पको केन्द्रबिन्दु लुडिआन जिल्लादेखि २३ किलोमिटर दक्षिण-पश्चिम पर्ने लोङ्गटोउसान नगरमा रहेको थियो। सो भूकम्प १२ किलोमिटर गहिराइसम्म गएको पनि समाचारमा उल्लेख छ। (एएफपी)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com