गीत -"मलाई तिनै रोशनीले भुलाए'
न तातो कुनै रापको ताप छैन ।
न चिशो कुनै शीत शंकेत छैन ।
चिशो शिर्शिरे ठाउमा घामलागे ।
मलाई तिनै रोशनीले भुलाए ।
न ता नीर गाढा न राता न काला ।
गुलावी पहेला न निख्खुर सेता ।
सदा सप्तरंगी सवै फ़ुल आए ।...
मलाई तिनै रोशनीले भुलाए ।
न चम्चम् गरी चक्षूको ज्योति हर्ने ।
नता रंगका पुन्ज थुप्रै फिजार्ने ।
न ता धिपधिपे वत्ति भित्रैविलाए ।
मलाई तिनै रोशनीले भुलाए ।
कविता वनि गुन्गुनाइ रहेका ।
वितिष्णा उढाएर तृष्णा त्रिष्णा भरेका ।
ती आभा वनी छंग देखिन आए ।
मलाई तिनै रोशनीले भुलाए ।
निशा खनाल अर्याल
इज़रायल