गणेश पाण्डे : आफ्नो प्यारो गाउँलाई छाडेर राजधानी झर्दा त गाउँको यादले कत्ति सताउँछ कत्ति । परदेशी भूमिमा रहँदा त झन् नेपालको सम्झनाले नसताउने कुरै भएन् । एक दर्जन मुलुकमा पाइला टेके पनि एक महिना अघि अमेरिका टेकेर त्यहाँका नेपालीसँग भलाकुसारी गरेर यो पंक्तिकारले निकालेको निष्कर्ष पनि यही हो– अमेरिकामा नेपाली जति खुसी छन्, उत्ति नै बेखुसी पनि ।
‘ग्लोबल भिलेज’मा सुविधासम्पन्न आधुनिक जीवन जीउनुको मज्जा त बेग्लै हुन्छ, सबैले त्यो भाग्य पो कहाँ पाउने ? देशको धुले सडक, अस्तव्यस्ता भोगेका जोकोही नेपालीलाई अमेरिकाको झिलीमिलीले लोभ्याउने नै भयो । तर, सुखसुविधा भोगेका, राम्रै आर्थिक हैसियत बनाएका नेपालीहरु अमेरिकामा आफ्नो प्यारो जन्मभूमिलाई सम्झिरहेछन् । जन्मभूमिमै केही गर्न चाहन्छन् । किनकी अधिकांशको अन्तिम इच्छा यही छ कि देह त्याग्न चाँहि नेपालमै पाइयोस ।
जति नै बर्ष अमेरिका बसे पनि, या जायजेथ, धनधौलत र ख्याति कमाए पनि मैले भेटेका अमेरिकाका नेपाली समुदायका अगुवा छेवाङ शेर्पा लामा, प्रेमराजा महत, प्रभु थापा, दावातेन्जी शेर्पा र विजय थापासम्मको अन्तिम इच्छा पनि यही छ । कारण– नेपाली भएर जन्मनुमा नै उनीहरुलाई गर्व छ । जतिसुकै सुख भोगे पनि आफ्नो कला, संस्कृति, सामाजिक संस्कारलाई कस्ले भुल्न सक्छ र ? अझ परदेशमा हुँदा पो थाहा हुन्छ त आफ्नो देशको महत्व । किनकी रहरले होइन्, देशको बिग्रँदो राजनीति, बेथितिका कारण परदेशिनु बाध्यता आइपरेको हो ।
अमेरिका यस्तो देश हो, जहाँ काम नगरी कोही टिक्नै सक्दैन । त्यसैले उमेरले ७० पुगिसकेका पनि काम गर्ने भेटिन्छन् । अझ नेपालीहरुले गरेका संघर्ष र दुःख त व्याख्या गरि साध्य छैन । एउटै घरमा बसेका मानिसउस्तै परे भेट्न र गफगाफ गरेर बस्न एक हप्ता कुर्नुपर्छ । तर, अन्य देशका नागरिक र नेपालीमा फरक यो छ कि अन्यको तुलनामा नेपालीहरु बचत गर्छन, बचेको रकमबाट आफ्नै व्यापार-व्यवसाय र घरसम्पत्ति जोड्छन् । अनि केही रकम देशमा पनि फर्काउँछन् । जति संघर्ष ग¥यो, उत्ति नै पैसा आउँछ । नेपालमा जस्तो पैसा नै रोपेर पैसा कमाउनुपर्छ भन्ने छैन । श्रम बेचेर पनि पैसा जुटाउन सकिन्छ अनि त्यो पैसाबाट केही गर्न सकिन्छ । अमेरिकामा रहेका अधिकांश नेपालीले गरेको त्यही हो, नेपालको सम्पत्ति या जायजेथा बेचेर होइन, आफ्नै हातपाखुरा र बुद्धि चलाएर अमेरिकामा हजारौं नेपालीहरु स्थापित भएका छन्, जुन हरेक नेपालीका लागि गर्व हो ।

तर, अब उनीहरुलाई अमेरिकी नै बनाउने कि आफ्नो देशमा फर्किएर केही गर्ने वातावरण सिर्जना गर्ने ? राज्यको काँधमा छ। जुन अमेरिकामा रहेका नेपालीको एकसुत्रीय माग पनि हो । अझ गैरआवासीय नेपाली संघ (एनआरएन) ले प्रमुख नारा बनाएको ‘एकपटकको नेपाली, सँधैको नेपाली’ भन्ने नारा त अमेरिकाजस्ता देशमा रहेका नेपालीका लागि अति नै सान्र्दभिक रहेछ । अमेरिकामा बसोबास, मेहनत गर्न, व्यापार व्यवसाय गर्न त्यहाँको कानुनी बन्धनमा रहनुपरे पनि उनीहरु जीवनभर नेपाली नै भएर बाँच्न चाहन्छन् । त्यसैले त व्यस्त दैनिकीका बाबजुद पनि नेपालीहरुले समुदायका लागि समय निकालेका छन् ।
आफ्नो कला, संस्कृति र धर्म रक्षाका लागि प्रयत्नशील छन् । जसैको परिणाम अमेरिकामा मात्रै तीन / चार ठाउँमा पशुपतिनाथको मन्दिर खुलेको छ । गुम्बा बनेका छन् । व्यवसाय पनि गौतम बुद्ध, लुम्बिनी र सगरमाथाको नामबाट खोलिएका छन् । यम बराल, बिमल डाँगी र निशा सुनारहरु अमेरिकामा रहेर नेपाली नै गाइरहेछन् । अरु अवसर पाउँदापाउँदै पनि किशोर पन्थी, सूर्य थापा, विश्व थापा, गौतम दाहाल, आङछिरिङ शेर्पा, विजय पौडेल, सैलेश श्रेष्ठहरु पत्रकारितामार्फत नै समुदायलाई सेवा गर्न तल्लीन छन् ।
प्रेमको मन, छेवाङको बुद्धि :
धेरै सुनेको, हेरेको र पढेको नाम हो प्रेमराजा महत । नेपाल आउँदा एबीसी र न्यूज २४ टेलिभिजनमा आक्कल झुक्कल भेट पनि भएको थियो । नेपाली लोकसंगीतमा सगरमाथा जत्तिकै उचो स्थान बनाएका, अमेरिका पुग्ने हरेक नेपालीका सेवक बनेका, झट्ट हेर्दा रबाफिला स्वभावका देखिने प्रेमराजा बाहिर र भित्रै अर्कै रहेछन् । मैले केहीबर्ष संगत गरे पनि मेगा बैंकका सिइओ अनिलकेशरी शाहसँग अति नै प्रभावित छु, शाहको दिमागमा नकरात्मक भन्ने चीज नै हुन्न । चाहेर पनि अरुलाई नचिढाउने बानी छ । त्यस्तै अर्को