विर्तामोड भाद्र १,
मेची आँखा अस्पताललाई मोतियाबिन्दुको अत्याधुनिक उपचार गर्ने उपकरण ‘आइओएल मास्टर ५००’ प्राप्त भएको छ ।
नेपालका विभिन्न स्थान र भारतको आसाम, मेघालयबाट समेत आँखाको उपचारको लागि केन्द्र बनेको सो अस्पताललाई जर्मनीमा निर्मित रु ४२ लाख पर्ने उक्त उपकरण रोटरी क्लब विर्तामोडले प्रदान गरेको हो । अत्याधुनिक यो उपकरण नेपालभित्र काठमाडौँमा तीलगङ्गा र लहान आँखा अस्पतालमा मात्र रहेको मेची आँखा अस्पतालका सुपरिन्टेन्डेन्ट चिकित्सक पुरुषोत्तम जोशीले बताए ।
उनका अनुसार उज्यालोमापन गरेर उपचार गरिने प्रविधि यसमा भएकाले उपचारपछि बिरामीले चश्मा लगाउनु पर्दैन । यसका लागि यसअघि नै अस्पतालले तीन जना प्राविधिकलाई तालिम प्रदान गरी दक्ष बनाइसकेको छ । एक वर्षको प्रयासबाट उपकरण ल्याएर अस्पताललाई हस्तान्तरण गर्न पाउँदा क्लब परिवार अत्यन्तै हर्षित भएको क्लबका अध्यक्ष सुरेश बंशलले बताए ।
रोटरी क्लबका डिस्ट्रिक गभर्नर रवीन्द्रकुमार पियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मेची आँखा अस्पतालका अध्यक्ष छत्रप्रसाद अधिकारी, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, रोटरी क्लब अफ विर्तामोडका कार्यक्रम संयोजक सजेश शिवाकोटीलगायतले अस्पताललाई अत्याधुनिक उपकरण प्रदान गरी सहयोग गरेकामा क्लबलाई धन्यवाद दिए । रासस :