(सास) मलेशिया भदौ ६ ,
रोजगारिको सिलसिलामा मलेशियाको जोहोर बारु राज्य अन्तर्गत रहेको जेसिवाई कम्पनीमा शुक्रबार फेरि एक नेपालीले ज्यान गुमाएका छन ।
ताप्लेजुंग स्थाई घर भएका हर्क बहादुर बिरामी परेपछी अस्पताल भर्ना भएका थिए तर कम्पनीको हेलचेक्राईको कारण उनको मृत्यु भएको त्यहाँ कार्यरत नेपालीहरुले आरोप लगाएका छन् ।
शुक्रबार भएको घटनामा जेसिवाई कम्पनीप्रति आपत्ति जनाउदै कम्पनीमा बिमारी परेका नेपाली हर्कबहादुरलाई राम्रो उपचार नगरेर मारेको भन्दै कम्पनीमा कार्यरत नेपालीले कम्पनीको कामकाज ठप्प पारेका हुन् ।
हर्कबहादुरले राम्रो उपचार नपाएर ज्यान गुमाएका निहुँमा नेपालीले कामकाज ठप्प पारेको बताईएको छ ।
स्मरणीय कुरा यो छ कि, सो कम्पनीमा आठ हजार भन्दा धेरै नेपाली श्रमिक कार्यरत रहेका छन । यसका अलावा भियतनाम, इन्डोनेशिया, मलायु भने काममा सन्लग्न छन । आज सो घटनाको बिरोध गर्दै कम्पनीमा कार्यरत नेपालीले दैनिक कामकाज ठप्प पारी आन्दोलनमा उत्रेका हुन । उनीहरुको माग बिमारी हुँदा उपचार राम्रोसँग हुनुपर्ने कुरा रहेको छ । हालसम्म नेपाली दूतावासले कुनै पहलका लागि सहयोग नगरेको जेसिवाई कम्पनीको नेपाली आन्दोलनरत एक सदस्यले बताएका छन ।(स्रोत-साझा सवाल डटकम)