भाद्र शुक्लपक्षको पंचमी "ऋषि पंचमी" जुन महिलाको लागि अति नै महत्व मानिन्छ ! अँध्यारै मै तीन, चार बजे बिहानै उठेर आफ्ना परिवार तथा छिमेकी साथीहरूसँग रमाउदै नदीमा गई आफ्नो नित्य स्नान गरेर चोखिनुभन्दा पैला त्यहा विभिन्न विधिबाट बर्ष दिनभरि आफूले जानी नजानी गरेको पाप, अर्थात् महिनामा हुने राजस्वलाको समय हुन् जाने छुइ-छाई यो सबैका लागि मान्य होश वा नहोश, आजको आधुनिक युगमा यस्ता कुरुतिलाई माकुराको झालोलाई पन्छाए झैँ बढ़ारेर फलेता पनि हाम्रो नेपाली हिन्दु समाजमा यसको अँझै पनि महत्व छ ।
राजस्वलाको समय स्त्री पुरुषको सम्पर्कलाई पनि स्वास्थको हिसाबले के कति राम्रो होला नहोला तर हाम्रो क्षेत्री बाहुनमा त्यो बेलाको सम्पर्कलाई राम्रो मानिदैन सुन्ने गरेकाछौ विभिन्न कथाहरूमा त्यस्तो अवस्थामा रहन गएको गर्भबाट हुने सन्तान रोगी तथा अपांग हुन्छन अरे । आज पनि बुढा बुढीहरूको मुखबाट सुन्न पाइन्छ। यो आधुनिक युगमा यसलाई मान्ने त कमै होलान तर जुन हामी नेपाली हिन्दु धर्म संकार मान्दै, यसको जगर्ना गर्दै आएका नेपाली नारीहरूको लागि पुस्तौ देखि चल्दै आएको यो कर्मलाई सबैले विस्वास गर्दै आएका छौ ।
हुन त महिला विश्वभरि छन, बैज्ञानिक युगमा पढे लेखेका तथा बिदेशिएका महिलाहरूको लागि आज देखा सिकी गर्दै विभिन्न धर्म परिणत गर्नेका लागि आफ्नो संस्कारलाई ढर्राको रुप लिदै आएता पनि हाम्रो समाजमा आज पनि यसको महिमा र विस्वास जीवित नै छ ! बिदेशीहरूले पनि यस्ता कर्मलाई आफ्नै तरिकाले गर्ने गर्दछन । जस्तै उनीहरू पनि त्यो महिना वारि भएको समयमा आफूले मान्ने इश्वर पुर्खाको सामु गएर बत्ती बाल्दैन्न । तर स्त्री पुरुष सुत्नु उठ्नु उनीहरूको लागि के कतिको उपयुक्त छ त्यो उनीहरूको व्यक्तिगत पक्ष हो । त्यो बेला, हाम्रै नेपाली हिन्दु धर्म मान्ने नारी ब्राह्मण तथा क्षेत्री बाहेक अन्य जात जातिका महिलाहरूले खान बनाउने कार्य गरेता पनि त्यो समय पूजा आजा अशुभ हो भनेर गर्दैनन् ।
ऋषि पंचमी हाम्रो धर्म अनुसार पवित्र मानिने र अघि पछि पोखरीमा, खोलामा गएर नुहाउने गरेतापनि बर्षमा त्यो दिनको स्नानलाई भने शुद्धि करणको रुपमा लिने गर्दछन !नदी तथा पोखरीमा गएका सबै नारीहरूले सबैभन्दा पहिला चिर चिरे ३६० दंतित्वले जसलाई जडीको रुपमा पनि मानिन्छ । त्यसैले दात माझेर आफू भित्रको दुर्गन्ध हटाउदै दातलाई सुकिलो पारिन्छ, पछि त्यही चिर चिरे को जराको माटोले पहिलो शुद्धि गरिन्छ, अनि वर, पिपल, तुलसा, अमला खेत जोत्ने हलोको फालिको बिटको माटो र हात्तिको पाइलाको माटोकोले पैतला धुड़ा, कुम, हत्केला, निधार गर्दै दलेर आफूलाई सुद्धि करण गर्दै अनि गएर स्नान गर्दछन त्यो दिन साबुनको प्रयोगलाई अशुभ मानिन्छ । सक्नेले ३६० पटक दुब्की मार्दै पापबाट मोक्ष होश भनेर टाउकोमा चल्नु राखेर स्नान गरेर त्यही चिर चिरे दंतित्व को पात ३६०ले सेचन अन्जनमा हुन् गरिएका दोषहरू हटुन भनेर कामना गर्दछन, र पूर्व फर्केर सूर्यलाई अन्झुलीले अर्ध दिदै चोसो कपडा मै खोलाको वालुवाबाट शिवको लिंग बनाएर पूजा गर्न्छ्न ! र आफूले लागेको रातो हरियो ।
ऋषि पंचमी हाम्रो धर्म अनुसार पवित्र मानिने र अघि पछि पोखरीमा, खोलामा गएर नुहाउने गरेतापनि बर्षमा त्यो दिनको स्नानलाई भने शुद्धि करणको रुपमा लिने गर्दछन !नदी तथा पोखरीमा गएका सबै नारीहरूले सबैभन्दा पहिला चिर चिरे ३६० दंतित्वले जसलाई जडीको रुपमा पनि मानिन्छ । त्यसैले दात माझेर आफू भित्रको दुर्गन्ध हटाउदै दातलाई सुकिलो पारिन्छ, पछि त्यही चिर चिरे को जराको माटोले पहिलो शुद्धि गरिन्छ, अनि वर, पिपल, तुलसा, अमला खेत जोत्ने हलोको फालिको बिटको माटो र हात्तिको पाइलाको माटोकोले पैतला धुड़ा, कुम, हत्केला, निधार गर्दै दलेर आफूलाई सुद्धि करण गर्दै अनि गएर स्नान गर्दछन त्यो दिन साबुनको प्रयोगलाई अशुभ मानिन्छ । सक्नेले ३६० पटक दुब्की मार्दै पापबाट मोक्ष होश भनेर टाउकोमा चल्नु राखेर स्नान गरेर त्यही चिर चिरे दंतित्व को पात ३६०ले सेचन अन्जनमा हुन् गरिएका दोषहरू हटुन भनेर कामना गर्दछन, र पूर्व फर्केर सूर्यलाई अन्झुलीले अर्ध दिदै चोसो कपडा मै खोलाको वालुवाबाट शिवको लिंग बनाएर पूजा गर्न्छ्न ! र आफूले लागेको रातो हरियो ।
पवित्र वस्त्र फेरि, घर आउने बेला त्यहीको माटोबाट बनाएका कुकुरको आकृतिलाई बाटोको ठाउ ठाउमा राखी प्रकाशमय होश भनेर दियो बाल्दै मर्न पछि स्वर्गको बाटो भुल्दा यही उज्यालो दियोबाट प्रकाश पूंज होश र त्यही बाटोमा राखिएको कुकुरले स्वर्गको बाटो देखाउने विस्वास गर्दै घरतिर फर्कन्छन अनि आफ्नै घर वा, छिमेकीमा लगाइएको पुजामा गएर, वा मन्दिरमा गएर आफूले लागेको पुजाको सामानहरू राखेर यज्ञ स्थानमा गई सात ऋषिको प्रतिमा बनाई पंचामृतले नुवाइ चन्दन लेप गरी कपुर लगाउदै बिभिन्न फूल सुगन्धित पदार्थ, धूप, दीप, सेतो कपडा, कुश र नैवेद्य, फलफुल तथा, ढिक्कीमा कुटेको चामल ३६०, तीलका दाना ३६०, सुपारीका कुड्का, जनै, जौउ जस्ता विभिन्न गनेर राखिएका चिजहरू चढाउने र कातिएर राखिएको कपासको बत्ती ३६० बाल्दै धुप दिप गर्दै आरति गरिन्छ, जसरी विवाहमा स्वयम्बर गर्दा कलशबाट नटुटाई झरेको पानीको महत्व छ ठिक त्यस्तै सप्त ऋषिलाई परिक्रमा गर्दा चिसो नुहाएर आएको कपालबाट बग्ने पानीको थोपाको महत्व शुभ मान्दै यसो गर्नाले सबै पापबाट छुटकरा मिल्छ र सौभाग्यको अटल रहन्छ भन्ने विस्वास गरिन्छ ।
महिलाहरूले यस पुजाको पालना गर्दा आफूलाई आनन्द, शरिरमा सौन्दर्यको बृद्धि, र पतिको अटल सु-स्वास्थ दिर्धायु अनि छोरा छोरीमा चिरायु, दिर्ध जीवनको कामना हुने मन देखि प्रशंन्ता भएको महशुस गर्ने गर्दछन ! सायद त्यसैले होला कथामा पनि विद्धान, गुरु, पुरेतहरूबाट सुन्ने गरेका छौ श्रीकृष्णले युधिष्ठिरलाई भन्नु भएको थियो रे, इन्द्रले त्वष्टाको पुत्र वृत्रको हनन गरे बापत उनीलाई बह्महत्याको अपराध लागेको थियो रे । त्यो पापलाई चार भागमा बिभाजन गरे ।
पहिलो - अग्नि । हामीले कुनै बस्तु जलाउछौ वा आगो बाल्छौ, वा घरमा आगो लाग्दा हामीले देख्छौ कि रातो ज्वाला बल्नुभन्दा पहिला कालो धमिलो पहिलो फोहर ज्वाला निस्कने गर्दछ ।
दोश्रो - नदीबाट आएको पानीको भेलमा देखिएको फिज वा गाज हेर्दै फोहर हुन्छ अर्थात् बर्षाकालमा पहाडबाट बगेको पानीमा नस्कने फिज गाँज ।
तेश्रो - पहाडका कुना काप्चा जहा बिभिन्न खालको चोप निस्कने बोटबृक्ष !
त्यस्तै चौथो हो - नारी जुनमा रजस्वला हुन्छ । नारीको मासिक धर्म रजस्वलाको समयमा हुने अन्जन रोपी पापबाट छुटकरा पाउनाको लागि यो ब्रतको महत्व मानिन्छ । पानीको बिकार गाँज, पहाड पर्वतमा उम्रने चोप आउने बोट, आगोबाट निस्कने पहिलो फोहर धुवा र नारीको मासिक धर्मको बेला निस्कने बिकार पदार्थ मानव स्वास्थको लागि हानी कारक हुन भन्ने गरिन्छ । हुन त यो महिनाबारीलाई पुराना रुढी वादी बुढा बुढीले भन्ने गर्थे रे महिनाभरि घरमा भएको बुहारीलाई कामले जति नै थकित भएता पनि सधैको व्यस्तता हुदा यो बेला शरीर पनि सुस्त हुदा उनीहरूलाई यसो चार दिन भए पनि आराम गर्न सकुन भनेर यसो गरेका हुन् भनेता पनि भोक लागेको बेला अरुले दिए खान पाउने यो परम्परा कतिको उपयुक्त हो त्यो आफ्नै ठाउमा छ ।
जे भए पनि अन्जानमा पाप हुन गयो या गल्ती भयो कि भनेर ऋषिहरू सग क्षमायाचना गरी उनीहरूको पूजा आराधाना गर्ने र आफूभन्दा ठुलाको सम्मान गर्ने कुरा नराम्रो भने पक्कै हैन । पुजामा- “अहं ज्ञानतोऽज्ञानतो वा रजस्वलावस्यायां कृतसंपर्क जनितदोष परिहारार्थमृषि पञ्चमीव्रतं करिष्ये ।” यसरी यो मन्त्र उचारणगर्दै संकल्प गरिन्छ । यो संकल्प गरी अरून्धतीका साथ सप्तर्षिको पूजा गर्दै सात पल्ट परिक्रमा गर्ने चलन छ। यस ब्रत गर्नेले प्राकृतिक फलको प्रयोग गर्ने भन्ने भनाइ भएता पनि त्यो दिन हलोबाट उमारिएको अन्न पनि खान नहुने भनिएता पनि हिजो आजको चलनमा, घिउको भुटुन राखी, कर्कलाको साग, पीडालु, जस्ता सब्जी बनाएर ओखलमा वा ढिक्कीमा कुटेको चामलको प्रयोग गरी एक छाक शुद्ध खाने चलन छ त्यो दिन घरमा भएका आफूभन्दा ठुला दाजु भाइ, बुवाहरूलाई छुइ छाई गरिदैन । यसमा वैदिक मन्त्रहरूको पाठ गरिन्छ र सात ऋषिहरू - कश्यप ऋषि, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदाग्नि र वशिष्ठ ऋषिको लागि ऋग्वेदका मन्त्र पाठ गरिन्छ तथा अरून्धतीको आब्हानको लागि यो मन्त्र – “अत्रेर्यथानसूया स्याद् वशिष्ठस्याप्यरून्धती। कौशिकस्य यथा सती तथा त्वमपि भर्तरि” पाठ गरिन्छ ।
शास्त्रमा लेखे अनुसार यो ब्रत सात वर्षको हुन्छ, त्यसैले पानीको घडा सात वटा स्थापना गरिन्छ, सात ब्राह्मणद्वारा मन्त्र पाठ गरिन्छ र अन्त्यमा सात ऋषिको प्रतिमा सुन या चाँदी वनाई दान दिने चलनलाई पैसा राखी गाइ दान गर्ने र चामल, फलफुल, भेटी राखी पूर्ण पात्रो गर्दै ऋषिलाई दाङ दिने चलन छ ।
यो ब्रत पूजा नारीहरूको मानव जीवनमा जान अन्जानमा गरिएको बिबिध पापबाट मोक्ष हुन सकिने कुरामा विस्वास राखिन्छ ! यसैको ऋषि पंचमी संसारभरि छरिएर रहनु भएको दिदी बहिनीलाई यो कत्तिको उपयुक्त होला नहोला तर जीवनमा शुख शान्ति र आफन्तको मायाले भरि पूर्ण होश भने शुभकामना दिन चाहन्छु !
निशा खनाल अर्याल,
इजरायल