काठमान्डू श्रावन २५,
अस्पतालबाट श्रीकृष्ण श्रेष्ठको भावुक सन्देशः दर्शकको माया नै मेरो औषधि....
नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको छ।
स्वास्थ्यमा गम्भीर समस्या भएर दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका नायक श्रीकृष्ण श्रेष्ठको गएराति निधन भएको निर्देशक आकाश अधिकारीले जनाएका छन्।
विवाह लगत्तै उपचारको शिलशिलामा दिल्लीमा रहेका श्रीको गएराति निधन भएको हो।
२०४५ सालमा भूमरी फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेका श्रीले छवि ओझाको फिल्म नाताबाट पूर्ण रुपमा हिरोको रोल गरेका थिए।
४९ वर्षे नायकले दर्जनौ हिट फिल्म दिएका उनले हालै मात्र आफ्नै लगानीमा बनाएको कोहिनूर फिल्म गत शुक्रबारदेखि प्रदर्शरत छ।
गत असार २७ गते हिरोइन श्रीमती स्वेता खड्काका साथ उनी उपचारका लागि दिल्ली स्थित एपोलो हस्पिटलमा भर्ना भएका थिए।
उनलाई डिप निमोनियाले समेत सताएको थियो ।
श्री निधनकोलाई निर्देशक आकाश अधिकारीले पुष्टी गर्दै भनेका छन् ‘मलाई दिल्लीबाट बिहानै फोन आयो घटना राति घटेको रहेछ। अहिले ९ बजे परिवारका सदस्यहरु दिल्ली जाने तयारीमा हुनुहुन्छ अनि म पनि जाने तयारीमा छु।’ स्रोत सेतोपाती :