गीत : By गोपाल प्रधान


 गीत : '' सून्दर् फूलको वृक्ष ''

जब,त्यो सुन्दरता अनौंठो लाग्छ,
निर्लज्ज आँखाहरू कल्पिन थाल्छ।
तब,त्यो मुहारमा उज्यालो आउँछ,
निशचल् पाँखाहरू पग्लिन थाल्छ।

अब,त्यो अनुहारमा आभास हुन्छ,
 प्रेमिला सपनाहरू झल्किन थाल्छ।
 नभ,त्यो मुस्कानमा प्रभात दिन्छ,
रसिला विपनाहरू ओर्लिन थाल्छ।

डुब,त्यो आत्मीय सगीत् वेदनामा,
साधना स्वरूपहरू उत्रीन्छ रागमा।
भर,त्यो प्रशंसनीय भावना गीतमा,
 हिर्दयका स्पर्शहरू सुनिन्छ सूरमा।

क्षणिक आनन्द जीवनका दृश्यहरू,
अदृश्य अल्पावायु फूलका पातहरू।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com