गीती कविता : By, निशा खनाल अर्याल


गीती कविता : By, निशा खनाल अर्याल

मेटिदै छन् पूर्वजका पदचिन्हहरु
उत्तर दक्षिण हिड्ने ठुलठुला मुलबाटाहरु
टाढैबाट प्रष्ट देखिने ठुलठुला रेखाहरु
सदियौदेखि पैतालाले बनाएका डामहरु 
मेटिदै छन् हाम्रा पूर्वजले छाडेका पदचिन्हहरु

हिमाली भेकमा चौरी गाई भैसीका गोठहरु
 भेडा च्याड०्रा हेर्दै अनकण्टार दूर्गमका
 गोरेटाहरु
 साझा संस्क्रिति इतिहास निर्माणगर्दै
अविष्मर्निय स्मरणहरु
मेटिदैछन् हाम्रा पूर्वजले छाडेका पदचिन्हहरु

जाडोमा हिमाली भेगबाट कविला झर्दा
मितेरी लाएचे
सामल ढाकरमा बोकी नुनतेल लिन झर्दा
पाटीमा बसेथे
वाक्लो आवत जावत हुल र लस्कर हिडेका छापहरु
मेटिदैछन् हाम्रा पूर्वजले छाडेका पदचिन्हहरु

कृषि पशुपालन सवैका आधारभूत व्यबसायहरु
जातिय शिपमा फस्टाएका सर्व स्विक्रित
संस्कारहरु
नेपालीका परंपरागत प्राक्रितिक शुन्दर
तिर्थस्थहरु
मेटिदैछन् हाम्रा पूर्वजले छाडेका पदचिन्हहरु

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com